३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रोजगारीको आकर्षक गन्तव्य बन्दै केरुङ, नेपालीमध्ये अधिकांश महिला

रोजगारीको आकर्षक गन्तव्य बन्दै केरुङ, नेपालीमध्ये अधिकांश महिला
अ+ अ-

काठमाडौं । पछिल्लो समय चीनको केरुङ सहर नेपालीका लागि आकर्षणको केन्द्र बनेको छ । नेपाल र चीनको एक मात्र अन्तर्राष्ट्रिय नाका रसुवागढीबाट नजिकको केरुङ सहर रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका धेरैको रोजगारीको गन्तव्य पनि हो । माइती नेपाल रसुवाका अनुसार रोजगारीका लागि केरुङ पुग्ने नेपालीमध्ये अधिकांश महिला छन् । त्यसमा पनि किशोरीको संख्या अधिक छ ।

२०१८ मा रसुवागढी नाका हुँदै तीन सय ३८ जना नेपाली किशोरी केरुङ पुगेका छन् । १६ देखि २५ वर्ष र कक्षा ८ देखि १२ मा पढ्ने किशोरी रोजगारीका लागि भन्दै केरुङ पस्ने गरेको माइती नेपालले जनाएको छ । चीनसँगको व्यापारिक नाका रसुवागढी ०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवालीको रोजगारीको प्रमुख गन्तव्य चीनको केरुङ बनेको हो । केरुङ रसुवागढी नाकाबाट २४ किलोमिटरको दूरीमा पर्छ । चीनसँग जोडिएका अन्य नाका बन्द रहेको अवस्थामा चीन सरकारले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणासमेत गरेकाले केरुङ जानेको चहलपहल बढेको हो ।

रसुवाका तीन सय किशोरी केरुङमा
केरुङ जान लागेका ६ सय २९ किशोरीलाई रसुवागढी नाकामा काउन्सिलिङ गरिएको माइती नेपालले जनाएको छ । माइती नेपाल रसुवाकी कार्यक्रम संयोजक लालुमाया घलेका अनुसार तीन सय ३८ किशोरी ओहोरदोहोर गरिरहेका छन् । ‘६ सय २९ जनालाई हामीले नाकामा काउन्सिलिङ गरेका छौँ, तीन सय ३८ जना जाने–आउने गरिरहेका छन्, कतिपय त चोरबाटोबाट पनि जाने गरेको पाइन्छ तिनीहरूको तथ्यांक छैन,’ उनले भनिन् । केरुङ पुगेकामध्ये करिब तीन सय किशोरी रसुवाका छन् । यसबाहेक नुवाकोट र सिन्धुपाल्चोकबाट पनि कामको खोजीमा भन्दै किशोरीहरू केरुङ जाने गरेका छन् । तर, माइती नेपालबाहेक अन्य निकायसँग केरुङमा कति नेपाली किशोरी छन्, के गर्छन् रु कुनै तथ्यांक छैन ।

नाका खुलेपछि केरुङमा चहलपहल
रसुवागढी नाका सञ्चालनमा आएपछि केरुङमा चहलपहल बढेको हो । रसुवावासीका लागि केरुङ रोजगारी अवसर सिर्जना गर्ने गन्तव्य पनि बनेको छ । सीमा क्षेत्रका नेपालीलाई चीनको केरुङ प्रवेश गर्न खर्च कम लाग्छ, राहदानी पनि बनाउनुपर्दैन । झन्झट कम हुने र मनग्य आम्दानी पनि हुने भएपछि किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएको बताइन्छ । यार्सा, राम्चे, सरमथली, हाकु, थुमन डाँडागाउँलगायतबाट सबैभन्दा बढी किशोरी केरुङ पुगेका छन् ।

डान्सबार र होटेलको काम
केरुङ पुगेका अधिकांश किशोरी होटेल, डान्सबार तथा रेस्टुराँमा काम गर्ने गर्छन् । तीमध्ये धेरैजसो नेपाली महिला असुरक्षित रहेको उनीहरू स्वयं बताउँछन् । ‘घरको आर्थिक अवस्था कमजोर रहेकाले रोजगारीका लागि आएकी हुँ, यहाँ जे भन्यो त्यही गर्नुपर्छ, त्यही मान्नुपर्छ, नराम्रो भए पनि यो बिरानो ठाउँमा कसलाई भन्नू,’ रोजगारीको सिलसिलामा केरुङ पुगेकी एक किशोरी भन्छिन् ।

सानो बजार ठूलो व्यापार
केरुङमा करिब २५ वटा भट्टीपसल, करिब ४० वटा होटेल र तीनवटा डान्सबार छन् । एकै ठाउँमा आठदेखि १३ जनासम्म युवतीले काम गर्ने गरेको पाइएको छ । ‘ग्राहक आएसम्म बस्नैपर्छ, कहिलेकाहीँ त १२ घन्टा काममा खटिनुपर्छ,’ डान्सबारमा काम गर्ने अर्की युवती भन्छिन् । केरुङको नेपाली तथा चिनियाँ होटेलमा सातदेखि १० जनासम्म नेपाली किशोरी छन् । स्थानीयको तुलनामा कम पारिश्रमिकमा काम गर्न राजी हुने गरेकाले चिनियाँ नागरिकले नेपाली युवती नै माग गर्ने गरेको एक होटेल व्यवसायीले बताए ।
सिमाना परेका कारण केरुङ जान जिल्लावासीलाई एक वर्षको पास उपलब्ध हुन्छ । त्यसकारण सजिलै यहाँबाट केरुङमा कामको खोजीमा नेपाली पुग्छन् । आर्थिकस्तर न्यून भएका महिला तथा किशोरी कामको खोजीमा केरुङ जाने गरेको पाइएको छ । केरुङमा मासिक १५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको किशोरीहरू बताउँछन् ।

नाकामा गिरोह सक्रिय
केरुङ प्रवेशमा कडाइ हुन थालेपछि रसुवागढी नाकामा अहिले मानव तस्करी गिरोह नै सक्रिय रहेको माइती नेपाल रसुवाले जनाएको छ । कम उमेर र अभिभावकविना केरुङ जान किशोरीलाई कडा गर्न थालिएको छ । बाहिरी जिल्लाका किशोरीलाई पनि केरुङ प्रवेशमा रोक लगाइएपछि जिल्ला तथा बाहिरका गिरोह किशोरी ओसारपसारमा सक्रिय रहेको माइती नेपाल रसुवाकी कार्यक्रम संयोजक लालुमाया घलेले बताइन् । उनका अनुसार अहिले सरोकारवालाको समन्वयमा गिरोहमाथि निगरानी बढाइएको छ ।

‘नाकामा मानव तस्कर गर्ने गिरोह सक्रिय भएको पाइएको छ,’ उनले भनिन्, ‘एउटा गिरोह हप्तामा कम्तीमा पाँच दिन नाकामा आवतजावत गरिरहेको छ, उसको साथमा पटकैपिच्छे किशोरी तथा महिला साथमा हुन्छन्, हामीले त्यस्ता मान्छेको गतिविधिबारे निगरानी बढाएका छौँ ।’ विगतमा भारतसम्म पु(याउने किशोरीलाई अहिले तस्करहरूले केरुङ गन्तव्य बनाएको पाइन्छ । तस्करी समूहले रसुवागढी नाका हुँदै एक किशोरी केरुङ लगेबापत १० हजारदेखि २५ हजार रुपैयाँसम्म कमिसन लिने गरेको पाइएको छ ।

सयभन्दा बढी किशोरी नाकाबाटै फिर्ता
रसुवागढी नाका हुँदै मानव बेचबिखन हुने क्रम बढेसँगै माइती नेपालले हेल्पडेक्स स्थापना गरी कडाइ गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म केरुङ जान लागेको एक सय १० किशोरीलाई रसुवागढी नाकाबाट फिर्ता गरेको घलेले बताइन् । रोजगारीका लागि भन्दै केरुङ जान लागेका उनीहरूलाई नाकाबाट फिर्ता गरिएको हो ।

त्यस्तै, चीनको केरुङबाट एक किशोरीको उद्धार गरिएको छ । चिनियाँ प्रहरीको सहयोगमा जिल्ला प्रशासन कार्यालय, माइती नेपाल, जिल्ला प्रहरी कार्यालय रसुवाले केरुङबाट उद्धार गरी नेपाल ल्याइएकी एक महिलालाई माइती नेपालमा राखिएको छ । ‘उमेर नपुगेका र अभिभावकविना पुगेका किशोरीलाई नाकाबाटै फिर्ता गरेका छौँ,’ घलेले भनिन् । उनका अनुसार प्रमाणविनै श्रीमान्–श्रीमती बनेर केरुङ छिर्ने गरेकाले अहिले विवाह दर्ता नभएका जोडीलाई प्रवेशमा रोक लगाइएको छ । २० वर्ष नपुगेका किशोरीलाई त्यहाँ जान रोकिएको घलेको भनाइ छ ।

अधिकांश युवती जोखिममा
केरुङ पुगेका अधिकांश नेपाली किशोरी जोखिममा रहेको नाम नबताउने सर्तमा एक व्यवसायीले बताए । ती व्यवसायीका अनुसार केरुङमा होटल, रेस्टुरेन्ट र भट्टीपसल मात्र छन् । किशोरीलाई त्यहीँ काममा लगाइन्छ । नसाले चुर भएका ग्राहकहरूले हातपात गर्दासमेत बाध्य भएर चुपचाप बस्नुपर्ने किशोरीहरूको गुनासो छ ।

केरुङ जाने युवतीको आकर्षण बढ्दै जाँदा नेपाली समाजमा त्यसको प्रभाव देखिँदै जान थालेको जानकारहरू बताउँछन् । केरुङबाट फर्किएपछि नेपाली समाजले हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको केरुङ पुगेकी फूलमाया तामाङले बताइन् । ‘आठ महिना भयो मैले काम गरेको, घरको काम गर्छु, बच्चाहरू स्कुल पु(याउने ल्याउने काम गर्नुपर्ने हुन्छ, केरुङ पुगेका सबैजना नराम्रो कामका लागि गएका हुँदैनन्,’ उनले भनिन् । रहरले नभई बाध्यताले कामको खोजीमा अर्काको देश जानुपरेको भन्दै उनले समाजले यस्तो पक्ष नबुझ्दा दुःख लाग्ने बताउँछिन् । बाध्यतामा रोजगारीका लागि केरुङ पुगेका युवतीलाई समाजले नकारात्मक दृष्टकोणले हेर्न थालेपछि उनीहरू मानसिक समस्याको सिकार बन्ने सम्भावना देखिएको छ ।

चिनियाँ र तिब्बतीको रोजाइमा नेपाली किशोरी
केरुङ पुगेका नेपाली युवती तथा किशोरीलाई जबर्जस्ती देहव्यापारमा लगाइएको भेटिएको नाम नबताउने सर्तमा एक व्यवसायीले बताए । पीडित किशोरीहरूका अनुसार डान्सबार, रेस्टुरेन्ट र भट्टीपसलमा काम गर्नेलाई यस्तो काम गर्न दबाब दिने पारिएको छ । चिनियाँ र तिब्बतीयन पुरुष नेपाली युवतीप्रति आकर्षित हुने गरेका छन् ।

रसुवाका सिडिओ भण्डारी भन्छन्– गुनासा छन्, अध्ययन गर्दै छौँ
केरुङमा नेपाली युवतीहरू जोखिममा रहेको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले अनुसन्धान सुरु गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले केरुङ पुगेका किशोरीको अवस्थाबारे आन्तरिक रूपमा अध्ययन भइरहेको जानकारी दिए । ‘हामीलाई पनि केही गुनासा आएका छन्, केरुङमा पुगेकाको अवस्था के छ, कति छन्, यताबाट कसरी जान्छन्, के–कस्ता रोजगारीमा जान्छन्, के–के समस्या छ रु भन्ने विषयमा गम्भीरतापूर्वक अध्ययन सुरु गरेका छौँ,’ उनले भने ।

अध्ययनपछि कार्ययोजना बनाई कार्यान्वयनमा अघि बढ्ने भण्डारीले बताए । ‘केरुङ पुगेका कतिपय किशोरीको रसुवागढी हुँदै गएको रेकर्ड छैन, चोरबाटो हुँदै जाने गरेको भन्ने पनि आएको छ, यसअघि अध्ययन नभएकाले गुनासा आएका छन्, गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘अध्ययनपछि उनीहरूलाई सबैको सहकार्यमा फर्काउने हो अथवा अन्य के गर्ने भन्ने विषयमा योजना बनाई कार्यान्वयनमा जानेछौँ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।