३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठजन्य सामग्रीको आयात बढ्दै र निर्यात घट्दै

काठजन्य सामग्रीको आयात बढ्दै र निर्यात घट्दै
अ+ अ-

काठमाडौं । नेपालमा कुल भूभागको करिब ४५ प्रतिशत वनजंगलले ढाकेको छ । तर, हरेक वर्ष काठ र काठजन्य सामग्रीको आयात बढ्दै र निर्यात घट्दै गएको छ । गत आर्थिक वर्षमा मात्रै साढे ६ अर्बको काठ र काठ काठजन्य सामग्री आयात भएको छ भने जम्मा पाँच करोडको मात्रै निर्यात भएको छ ।

नेपालसँग कुनै कूटनीतिक सम्बन्ध नभएका देशबाटसमेत धमाधम काठ आयात भइरहेको छ । गत आर्थिक वर्ष मात्रै ४२ देशबाट ६ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ आयात भएको छ । तर, नेपालले २६ देशलाई जम्मा पाँच करोड ५६ लाख १० हजारको मात्रै काठ निर्यात गरेको छ । झन्डै सातप्रतिशत काठ र काठजन्य सामग्रीबाट व्यापार घाटा भएको छ ।

कुन देशबाट कति काठ आयात ?
गत आर्थिक वर्ष ४२ देशबाट बनिबनाउ सामग्रीसँगै काठ आयात भएको छ । सबैभन्दा धेरै काठ भारत, इन्डोनेसिया, चीन, म्यानमार, मलेसियालगायत देशबाट अत्यधिक आयात भएको छ । भारतबाट ३अर्ब ५५ करोड ३२ लाखबराबरको आयात भएको छ भने इन्डोनेसियाबाट एक अर्ब १४ करोड ५० लाख, चीनबाट ८४ करोड ६७ लाख, म्यानमारबाट चार लाख ६६ हजार, मलेसियाको ४६ करोड ६० लाख रुपैयाँबराबरका काठ तथा काठजन्य सामग्री आयात भएको छ ।

गत वर्ष पाँच करोडको काठ निर्यात
नेपालले गत वर्ष साढे ६ अर्ब काठ आयात गरेकोमा पाँच करोडको मात्रै काठ निर्यात गरेको छ । भन्सार विभागका अनुसार चीन, भारत, अमेरिकालगायत २६ देशमा पाँच करोड ५६ लाख १० हजार रुपैयाँबराबरका काठ र काठजन्य वस्तु निर्यात भएको छ ।

कति काठ–दाउरा निकालिन्छ ?
काटिएको काठ दाउरा आधिकारिक रूपमा द टिम्बर कोर्पोरेसन लिमिटेड र जिल्ला वन पैदावार समितिले बिक्री गर्न पाउने व्यवस्था छ । ती निकायले आधिकारिक रूपमा होल्सेलर होल्सेलरले उपभोक्तालाई बिक्री गर्छन् । तर, कानुनी प्रक्रिया पूरा नगरेका काठ–दाउरा भने तथ्यांकमा देखिँदैन ।

बनिबनाउ फर्निचर धेरै आयो
सिन्दुप्रसाद ढुंगाना,प्रवक्ता, वन तथा वातावरण मन्त्रालय
पहिला गोलियाका काठलगायत फर्निचर धेरै आउँथे । पछिल्लो समय बनिबनाउ फर्निचर धेरै आउन थालेका छन् । विदेशबाट आयात हुने काठ र काठजन्य सामग्रीको प्रस्थापन गर्न केही कार्यक्रम अघि सारेका छौँ । तराईलगायत धेरै ठाउँको जंगललाई वैज्ञानिक वन व्यवस्थापन गर्ने भनेका छौँ ।

वैज्ञानिक वन व्यवस्थापन गरेपछि वार्षिक १० देखि १३ करोड क्युफिट काठ निकाल्न सकिन्छ । यस्तो भएपछि धेरै काठ स्वदेशमै हुन्छ । अर्को वनमा आधारित सातै प्रदेशमा उद्योग खोल्ने योजना अघि सारिएको छ । साना–साना समुुदायमा आधारित उद्योगलाई बजेटको व्यवस्था गर्ने भनिएको छ । सबै कार्यक्रम सफल भएमा काठमा आत्मनिर्भर हुने मात्रै होइन, निर्यातसमेत गर्न सक्ने सम्भावना छ ।

हरेक वर्ष बढ्दै छ आयात
नेपाल आफ्नो जंगलबाट निकालेर आत्मनिर्भर हुन सक्ने प्रशस्त सम्भावना छ । जंगलबाट निकालेको काठ एक जिल्लाबाट अर्को जिल्ला लग्न कानुनी झन्झटमा समस्या हुने गरेको विज्ञहरूले बताउने गरेका छन । जंगलबाट काठ निकाल्न कानुनी सहज बनाएमा आयात प्रस्थिापन गर्न सकिने देखिएको छ ।


आर्थिक वर्ष आयात काठ रुपैयाँमा
२०७१/०७२ ३,८४,५९,४३,०००
२०७२/०७३ २, ५७, ४०, ८५,०००
२०७३/०७४ ४,३९,०२,७४,०००
२०७४/०७५ ४४,४७,९४८,०००
२०७५/०७६ ६,६०,६१,३९,०००
नयाँ पत्रिकावाट