३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

उपनिर्वाचनमा विद्युतीय मतदान नहुने

उपनिर्वाचनमा विद्युतीय मतदान नहुने
अ+ अ-

काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ । संविधानसभाका दुइटै उपनिर्वाचनमा मेसिन प्रयोग सफल भए पनि दलहरूले इच्छा नदेखाएपछि अहिले निर्वाचन आयोगले मेसिनको तयारी नै गरेको छैन ।

प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तहका प्रमुखरअध्यक्ष ४, उपाध्यक्ष १ र वडाध्यक्ष ४१ गरी कुल ५० पदका लागि उपनिर्वाचन हुँदै छ । ‘यसपटक मेसिन प्रयोगको सम्भावना छैन, त्यसको प्रक्रियामै लागिएन,’ आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले भने, ‘भक्तपुरदेखि हुम्लासम्म निर्वाचन गराउनुपर्नेछ । अबको तयारीले मेसिन प्रयोगका लागि समय पनि पुग्दैन ।’

आयोगले ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र १ मा पहिलोपटक मेसिन प्रयोग गरेको थियो । त्यसपछि ०६५ र ०७१ का उपनिर्वाचन पनि मेसिनबाटै गराइएका थिए ।

आयोगका एक अधिकारीले चुनाव र उपचुनाव गरी १३ वटा निर्वाचन क्षेत्रमा मेसिन प्रयोग भएको जानकारी दिए । भारतले दुईपटक गरेर आयोगलाई १२ सय मेसिन अनुदान दिएको छ । अहिले ती मेसिन कुन अवस्थामा छन्, आयोगलाई थाहा छैन । कति मेसिन जिल्लामा छरिएका छन् त कति काठमाडौंमै छन् ।

मेसिनबारे जानकार कर्मचारी ब्याट्री फेरेर तिनलाई प्रयोगमा ल्याउन सकिने बताउँछन् । ‘आयोगले इच्छाशक्ति देखाउने हो भने मेसिनको पुनः प्रयोगअप्ठ्यारो हुन्न,’ उनले भने ।

प्रत्येक निर्वाचनताका मेसिन प्रयोगको चर्चा हुने गरे पनि व्यावहारिक कार्यान्वयनमा आयोग पछि हट्दै आएको छ । प्रमुख कारण राजनीतिक दलहरूको मेसिनमाथिको ‘अविश्वास’ देखिएको छ । मेसिन प्रयोगबारे दल एकमत नहुँदा आयोग एक्लैले निर्णय लिन सक्दैन ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल राजनीतिक दलहरू सर्वसम्मत नहुँदासम्म मेसिन प्रयोगमा ल्याउन गाह्रो हुने बताउँछन् । ‘चुनावको प्रक्रिया र परिणामको सर्वस्वीकार्यता चाहिन्छ,’ उनले भने, ‘मेसिन प्रयोगबारे राजनीतिक दलहरू अझै पनि सर्वसम्मत देखिसकिएको अवस्था छैन ।’

आयोगले असार ९ गते राष्ट्रपति कार्यालयमा गरेको उच्चस्तरीय छलफलमा ठूला राजनीतिक दल नै मेसिन प्रयोगमा एकमत देखिएका थिएनन् । प्रधानमन्त्री केपी ओलीले नै मेसिनको प्रयोगप्रति उदासीन अभिव्यक्ति दिएका थिए । ‘ईभीएम कतिपय ठाउँमा विवादास्पद पनि छन् । विवादास्पद नहुने ग्यारेन्टी र सहमतिका साथ मात्रै त्यसमा जान सकिन्छ । नभए अर्को झमेला हुन्छ,’ उनले भनेका थिए, ‘प्रविधिमा विश्वास नगर्ने होइन । तर त्यो झमेला पनि हो ।’

थोरै ठाउँमा हुने, मतदाताको संख्या पनि कम हुनेजस्ता कारणले उपनिर्वाचनको व्यवस्थापन आयोगलाई त्यति झन्झटिलो हुन्न । आयोगका अनुसार आगामी उपनिर्वाचनमा सबैतिर गरेर कुल मतदाता ५ लाख हाराहारी हुनेछन् । तीनै तहका लागि १ सय ५४ वडाका मतदाताले मतदान गर्नेछन् । ५ सय ५० मतदान केन्द्र रहने आयोगको आकलन छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल मतदानमा मेसिन प्रयोगलाई प्रवेश गराउन उपनिर्वाचन महत्त्वपूर्ण क्षण रहेको बताउँछन् । ‘आयोगले अझै इच्छाशक्ति देखायो भने सम्भव हुन्छ । सबैतिर नभए कति ठाउँमा हुन्छ, त्यति नै गरे पनि हुन्छ,’ उनले भने, ‘प्रयोगमा आइसकेको र यसअघि स्विकार्य भइसकेको विषय फेरि परीक्षण हुन्थ्यो । र, त्यसले सबैको आत्मविश्वास बढाउँथ्यो ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।