३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जनकपुर चुरोट कारखानामा मुख्यमन्त्रीको निवास

जनकपुर चुरोट कारखानामा मुख्यमन्त्रीको निवास
अ+ अ-

काठमाडौं । बन्द र रुग्ण भएकामा मात्र होइन, चालू अवस्थामै रहेको उद्योगमा समेत मन्त्रीनिवास बनाइएको छ । उद्योगका कर्मचारी बस्ने भवनहरूमा अहिले प्रदेश ३ का मन्त्रीहरूको निवास बनाइएको छ । ८ माघ ०७४ मा प्रदेश सरकार गठन भएपछि सबै मन्त्री हेटौँडा सिमेन्ट उद्योगका भवनमा बस्न थालेका हुन् । मन्त्रीहरूले उद्योगलाई नै घरहरू मर्मतसम्भार र रङरोगन गरेर झकिझकाउ बनाउन लगाए । आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्थामन्त्री दावादोर्जे लामा र सामाजिक विकासमन्त्री युवराज दुलालको सरकारीनिवास उद्योगका भवनमा बनाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उद्योगका ८, ९ र १० तहका कर्मचारीलाई दिइएको क्वार्टरमा मन्त्रीहरू राखिएको हो । उद्योगको पूर्वी भागमा सुविधा र व्यवस्थापनको आधारमा बी, सी, डी र ई ब्लक रहेकोमा बी ब्लकलाई मन्त्रीनिवास बनाइएको छ । सो ब्लकमा बस्दै आएका कर्मचारीलाई सी र डीमा स्थानान्तरण गरिएको छ । ब्लक परिवर्तन गर्दा आफूहरूलाई समस्या भएको उद्योग प्रशासनिक विभाग प्रमुख गणेश कोइरालाले बताए । अर्को व्यवस्था नभएसम्मका लागि भन्दै उद्योगमा मन्त्रीनिवास बनाइएको थियो । आफूहरूको आवास लामो समयसम्म मन्त्रीले प्रयोग गर्दा समस्या भइरहेको उद्योगका कर्मचारीहरूको गुनासो छ ।

जचुकालिमा मुख्यमन्त्री र मन्त्रीहरूको कार्यालयदेखि निवाससम्म

०२१ देखि सुरु भएको जनकपुर चुरोट कारखाना कुनै वेला देशकै राम्रो चलेको उद्योग थियो । जसले साढे चार हजार कर्मचारीलाई रोजगारी दिएको थियो । यो कारखानालाई सरकारले ०७० देखि पूर्ण रूपमा बन्द गर्‍यो । ३३ बिघा क्षेत्रफलमा फैलिएको कारखानाको जग्गा र भवन अहिले प्रदेश २ का प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरूको कार्यालयदेखि निवाससम्म छ ।

त्यस्तै, प्रदेशका प्रमुख सचिव र मुख्य न्यायाधिवक्ताको कार्यालय र निवास कारखानाभित्रै छ । अन्य केही कर्मचारीको निवासको व्यवस्था पनि कारखानाभित्रै छ । प्रदेश सरकार गठन भएपछि कारखानाको नाम नै मधेस भवन राखिएको छ । यसअघि कारखानाको ३३ बिघामध्ये २० बिघामा उद्योगका कर्मचारीका लागि निवास, आठ बिघामा कारखाना र पाँच बिघामा गोदाम थियो । कर्मचारीका लागि बनाइएको निवासमा प्रदेशका पदाधिकारी र कर्मचारीले कब्जा जमाएका हुन् । बाँकी १३ बिघामा रहेको कारखाना र गोदाम क्षेत्रको रेखदेखका लागि आठ सुरक्षा गार्ड राखिएका छन् । उद्योगको अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारी उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेललाई दिइएको छ ।

रुपन्देही व्यापार संघको भवनमा मन्त्रालय
जनकपुर चुरोट कारखाना भवनमा व्यापार संघ

रुपन्देही व्यापार संघको बुटवलस्थित साढे दुई तलाको भवनमा प्रदेश ५ सरकारको आन्तरिक मामिला मन्त्रालय राखिएको छ । सय व्यापारीले एक–एक लाख तथा अपुग रकम संघले हालेर झन्डै चार करोडमा भवन बनाएको थियो । आफ्नो भवन सरकारले प्रयोग गरेपछि संघले नजिकैको जनकपुर चुरोट कारखानाको भवन रोज्यो । मुख्यमन्त्री कार्यालय रहेको भवनसँगै जोडिएको कारखानाको भवनमा संघले एक तला प्रयोग गरेको छ । चार कट्ठा क्षेत्रफलमा फैलिएको चारतले भवनको पहिलो तला आफूहरूले प्रयोग गरेको संघका प्रथम उपाध्यक्ष यमलाल लोहनीले बताए । तर, जीर्ण भवनमा पानी चुहिनेलगायत समस्या रहेको उनको भनाइ छ ।

वीरगन्ज चिनी कारखानामा उच्च अदालत

वीरगन्ज चिनी कारखाना बन्द भएपछि उद्योगको खाली आवास क्षेत्रमा ०७३ देखि उच्च अदालत जनकपुरको अस्थायी इजलास स्थापना गरिएको छ । कारखाना बन्द भएको केही वर्षपछि सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय राखियो । पछि सशस्त्रलाई चिनी मिलकै आवास क्षेत्रमा सारेर त्यहाँ उच्च अदालतको अस्थायी इजलास राखिएको हो । वेलावेलामा सरकारले कारखाना चलाउने हल्ला चले पनि ठोस काम केही भएको छैन । उच्च अदालतका लागि त्यहाँको भौतिक संरचना अपुग हुँदा सोचेअनुसार काम गर्न कठिनाइ भएको न्यायाधीशहरूले नै बताउने गरेका छन् । पटकपटक माथिल्लो निकायमा आग्रह गर्दा पनि चासो नदिएको उनीहरूको गुनासो रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।