३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रिचार्ज काठमाडौं अभियान : एक घर, एक इनार अनिवार्य

रिचार्ज काठमाडौं अभियान : एक घर, एक इनार अनिवार्य
अ+ अ-

काठमाडौं । घट्दो भूमिगत पानीको सतह र पानीको समस्या कम गर्न काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ अभियान सुरु गर्ने भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले अभियान सुरु गर्न सरोकारवाला निकायसँग छलफल थालेको छ ।

चालू आर्थिक वर्षबाटै अभियान सुरु गरिने विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । ‘चालू आर्थिक वर्षमा करिब एक करोड बजेटसमेत विनियोजन भएको छ  । अहिले हामी जनचेतना जगाउने अभियानमा छौँ,’ उनले भने, ‘जनचेतनाले मात्रै हुँदैन । स्थानीयलाई कसरी अभियानमा सहभागी गराउने भन्ने विषयमा समेत छलफल भइरहेको छ ।’

रिचार्ज काठमाडौं अभियान आकाशेपानीलाई इनारमार्फत जमिनमुनि पठाउने कार्यक्रम हो । इनारको पानी प्रयोग गर्नसमेत मिल्ने भएकाले दुईवटा फाइदा रहेको महानगरले जनाएको छ । ‘हामीले आकाशबाट परेको पानीलाई छतबाट सडकमा पठाउँछौँ । जसका कारण सडक पनि बिग्रन्छ, खोलाको सतह बढ्छ र जमिनले पनि सोच्न पाउँदैन,’ श्रेष्ठ भन्छन्, ‘इनारमार्फत आकाशको पानी जमिनमुनि पठाउँदा भूमिगत पानीको सतह पनि बढ्छ र प्रयोग गर्न पनि मिल्छ ।’

महानगरले सहयोग गर्ने
महानगरले अभियानअन्तर्गत एक घर एक इनार कार्यक्रम लागू गर्न स्थानीयलाई सहयोग गर्ने योजना बनाएको छ । आकाशेपानीलाई इनारमा जम्मा गर्न स्थानीयलाई सहयोग गर्ने श्रेष्ठले बताए । ‘छतबाट इनारमा पानी जम्मा गर्न हामीले पनि सहयोग गर्छौं, जनताले पनि केही लगानी गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘मेलम्ची कहिले आउँछ टुंगो छैन । भूकम्पका कारण पानीको सतह घटेको छ । ट्यांकरको पानी किनेर प्रयोग गर्नुपर्ने बाध्यताबाट केही हदसम्म छुटकरा पाइन्छ ।’

नयाँ घर बनाउँदा रिचार्ज सिस्टम अनिवार्य
महानगरको तथ्यांकअनुसार अहिले काठमाडौंमा दुई लाख ७५ हजार घर छन् । प्रत्येक घरबाट पाँच हजार लिटर पानी जम्मा गरेर जमिनमुनि पठाउन सकिने महानगरको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घर बनाउँदै पानी रिचार्ज सिस्टम जडानलाई अनिवार्य गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिए । ‘नयाँ घर बनाउनेलाई आगामी आर्थिक वर्षदेखि नै रिचार्ज सिस्टम जडान अनिवार्य गर्ने विषयमा जनप्रतिनिधिसँग छलफल भइरहेको छ,’ उनले भने, ‘हाम्रो अभियान नै एक घर एक इनार हो ।’

विभिन्न समयमा काठमाडौंको जमिनमुनि भएको पानीको सतह मापन गरिएका छन् । ती अध्ययनले सतहभन्दा पानी भेटिने गहिराई बढ्दै गएको देखाएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार केही बर्षअघिसम्म ट्युबेलबाट प्रतिमिनेट एक हजार लिटर पानी उत्पादन हुन्थ्यो । अहिले भने प्रतिमिनेट सात सय लिटर पानी उत्पान हुने गरको छ । त्यस्तै, ढुंगेधारा र इनारमा पानी आउन छाडेका छन् । अर्कोतर्फ पानी परेका वेला उपत्यकाका धेरै ठाउँहरू डुबानमा पर्ने गरेका छन् । काठमाडौं महानगरका अनुसार करिब ८३ प्रतिशत जमिन घर वा भौतिक संरचनाले ढाकेको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।