३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विस्फोटक पदार्थको उत्पादन दोब्बर बनाउँदै सेना

विस्फोटक पदार्थको उत्पादन दोब्बर बनाउँदै सेना
अ+ अ-

काठमाडौं । नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थ (इमल्सन प्लान्ट)को उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरेको छ । सेनाले विस्फोटक पदार्थको माग बढ्दै गएपछि वार्षिक ३ हजार ६ सय मेट्रिक टनबाट उत्पादन क्षमता ७ हजार २ सय पुर्याउन तयारी थालेको हो ।

हाल सेनाले मकवानपुरको सुनाचरीमा रहेको इमल्सन प्लान्टमार्फत वार्षिक ३ हजार ६ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । अघिल्लो वर्षसम्मको यसै अवधिसम्म भने सो प्लान्टबाट वार्षिक १ हजार २ सय मेट्रिक टन मात्रै विस्फोटक पदार्थ उत्पादन हुँदै आएको थियो । सेनाले एक वर्षभित्रै १ हजार २ सयबाट २ हजार ४ सय मेट्रिक टन हुँदै उत्पादन क्षमता ३ हजार ६ सय मेट्रिक टन पुर्याएको थियो ।

विकास निर्माणका काममा सेना आफैं संलग्न हुन थालेपछि र विभिन्न कन्सट्रक्सन कम्पनीमार्फत माग बढ्न थालेपछि सेनाले विस्फोटक पदार्थको उत्पादन बढाएर उत्पादनलाई व्यावसायिक बनाउने तयारी अघि बढाएको हो । हाल सेनाले नेपाली सेनाको कल्याणकारी कोषमार्फत विस्फोटक पदार्थ उत्पादन गर्ने प्लान्टमा ३० करोड रुपैयाँ लगानी गरिरहेको छ । सेनाले थप २ करोड लगानी बढाएर उत्पादनलाई दुई सिफ्टमार्फत दोब्बर बनाउने लक्ष्य लिएको हो ।

नेपाली सेनाको कल्याणकारी कोषका निर्देशक एवं सहायक रथी सागरबहादुर केसीले सेनाले विस्फोटक पदार्थको उत्पादन क्षमतालाई दोब्बर बनाउन थप २ करोड लगानी गर्ने तयारी गरेको बताए । एक सिफ्टमा मात्रै उत्पादन भइरहेको विस्फोटक पदार्थलाई दुई सिफ्टमार्फत उत्पादन गरेर विस्फोटक पदार्थको आयातसमेत रोक्न सकिने उनले जानकारी दिए ।

‘हाल ३ हजार ६ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन भइरहेको छ । अब छिट्टै उत्पादनलाई दोब्बर बनाएर विस्फोटक पदार्थको उत्पादनमा आत्मनिर्भर हुने र विदेशबाट हुने आयातको खर्चसमेत जोगाउने लक्ष्य छ,’ कोषका निर्देशक एवं सहायक रथी केसीले राजधानीसँग भने ।
सेनाले सुनाचुरी प्लान्टबाट आर्थिक वर्ष २०७५÷७६ मा ८८ हजार ८ सय २३ किलो विस्फोटक पदार्थ उत्पादन गरेकोमा ७६ हजार ९ सय २३ किलो बिक्री गरेको थियो ।

हाल सेनाले उत्पादन गर्दै आएको विस्फोटक पदार्थ (इमल्सन प्लान्ट) हाइड्रोपावरको टर्नेल निर्माण, सडकको टर्नेल निर्माणसहित पहाडी क्षेत्रका सडकको ट्र्याक खोल्न प्रयोग हुँदै आएको छ । त्यस्ता सडकमा सेनाले यही विस्फोटक पदार्थमार्फत ढुंगा फोर्ने काम गरिरहेको छ ।

हाल अरुण तेस्रो जलविद्युत् आयोजनासहितका विभिन्न आयोजनामा सेनाले विस्फोटक पदार्थ पठाउँदै आएको छ । यस्तै, कर्णाली कोरिडोर, मेलम्ची, काठमाडौं–तराई मधेस द्रुतमार्गमा समेत इमल्सन प्लान्टको प्रयोग हुँदै आएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा समेत सेनाले नै उत्पादन गरेको विस्फोटक पदार्थको प्रयोग गरिएको थियो ।

निजी क्षेत्रले विस्फोटक पदार्थ खरिद गर्दा विभिन्न प्रक्रिया पूरा गरेपछि मात्रै सेनाले दिने गरेको छ । त्यसरी दिँदा सम्बन्धित जिल्लामा बनेको कमिटीबाट स्वीकृति लिएर गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेनाको जंगी अड्डा हुँदै प्लान्टसम्ममा स्वीकृति पाएपछि मात्रै ती पदार्थ पठाइने गरिएको सेनाले जनाएको हो । सेनाले २०५९ सालमा प्लान्टको स्थापना गरेको थियो भने २०६० सालदेखि उत्पादन सुरु गरेको थियो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।