१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

पहिरोको डरले रातभर जागा

पहिरोको डरले रातभर जागा
अ+ अ-

बाजुरा । बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँ पहिरोको जोखिममा परेको छ। गाउँ माथिबाट पहिरो बग्न थालेपछि अन्द्राडीका ४२ परिवार रातभर जागा बस्नुपरेको स्थानीय धनबहादुर बोहराले बताए।

राति सुतेका बेला गाउँमाथिबाट पहिरो बग्न थालेपछि अन्द्राडीका स्थानीय रातभर जागा बस्नुपरेको हो। मानवीय क्षति नभए पनि स्थानीयले लगाएको अन्नबाली, गाईवस्तु बाँध्ने गोठ सबै बाढीले बगाएको छ। ‘पहाडै पहाडको बीचमा फोन सेवा छैन। पहिरो गएको तीन दिनपछि थाहा पाइयो’, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले भनिन्। पहिरो गएको थाहा पाएपछि उपाध्यक्ष सीता थापाको नेतृत्वको टोली अन्द्राडी पुगेको उनले जानकारी दिइन्।

भिरालो ठाउँमा बस्ती भएकाले स्थानीयलाई सुरक्षित स्थानमा बसाउन नसकिएको उनले बताइन्। गाउँ कार्यपालिकाको शुक्रबारको बैठकले पहिरोेको उच्च जोखिममा रहेका बस्ती सार्न संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरेको छ। गाउँको बीचमा पहिरो आएपछि गाउँ दुई भागमा विभाजन भएको छ। खानेपानी, बाटोघाटो बन्द छन्। विद्यार्थी र वृद्धवृद्धालाई समस्या भएको स्थानीय हिक्मत रोकायाले बताए।

साउन १७ गते गौमुल गाउँपालिका–६ टुनीको शान्ति टोलमा पहिरोमा परी ३० वर्षकी निरुता चदारा र ६ वर्षकी उनकी छोरी किस्मिताको मृत्यु भएको थियो भने ९१ वर्षका जंगे चदारा गम्भीर घाइते भएका थिए। शान्ति गाउँमा ५० बढी परिवार बसोवास गर्छन्। बसोवास गर्ने सबै परिवार दलित हुन्। उनीहरू सबैको साझा समस्या भनेको पहिरो बनेको छ। जिल्ला विपद् व्यवस्थापन समितिले पनि खासै योजना बनाएको छैन। जिल्लाको ७० प्रतिशतभन्दा बढी जमिन पहिरोको उच्च जोखिममा छ।

भिरालो जमिनका बस्ती कुन दिन पहिरोले पुरिने हुन् थाहा छैन। तर, नेपाल सरकारबाट कुनै योजना नदेखिँदा वर्षैपिच्छे उनीहरू जोखिम मोलेर बस्न बाध्य छन्। राज्यले दिनुपर्ने राहतबाहेक विकल्प नभएको विपद् व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए।

‘राहतका लागि सिफारिसबाहेक विकल्प छैन’, प्रमुख जिल्ला अधिकारी न्यौपानेको भने। बाजुराका ९५ वटा गाउँ बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रकोप राहत समितिले जनाएको छ। समितिले गाउँको सूची प्रकाशन गरेर गृह मन्त्रालयमा पठाएको बताएको छ। ९५ गाउँमध्ये, सबैभन्दा बढी गाउँ त्रिवेणी नगरपालिकामा छन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।