३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तान्जानियामा तीन दिने राष्ट्रिय शोक घोषणा

तान्जानियामा तीन दिने राष्ट्रिय शोक घोषणा
अ+ अ-

दार एस सलाम । तान्जानीयामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोटन भएर कम्तीमा ६० जनाको मृत्यु भएपछि राष्ट्रपति जोन मागुफुलीले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।
उक्त बिस्फोटमा अरु ७० जनाभन्दा बढी घाइते भएका थिए ।

आइतबार बिहानै जारी गरिएको वक्तव्यमा तान्जानियाको मोरोगोरोमा शनिबार भएको दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा राष्ट्रिय शोक घोषणा गरिएको उल्लेख छ ।

राष्ट्रपतिको कार्यालयका संचार निर्देशकद्वारा जारी वक्तव्यका अनुसार सरकारले शनिबार, आइतबार र सोमबार शोक मनाइने भएको छ ।

“शोक मनाइरहेका बेला राष्ट्रिय झण्डा आधा झुकाइनेछ,” वक्तव्यमा लेखिएको छ । राष्ट्रपतिले आफ्नो प्रतिनिधिका रुपमा प्रधानमन्त्री कास्सीम माजालिवालाई घटनास्थल मोरोगोरो पठाउने पनि जानकारी दिनु भएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि झण्डै २०० किलोमिटर टाढा पर्दछ ।

शनिबार राति प्रहरी अधिकारीहरुले मृत्यु हुनेको संख्या ६४ पुगेको जनाएका छन् । अन्य केही संचार माध्यमले पनि मृत्यु हुनेको संख्या ६४ पुगेको लेखेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुको भनाइ छ ।