७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड

केपी ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत- सहरी विकासमन्त्री रामकुमारी झाक्री

केपी ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत- सहरी विकासमन्त्री रामकुमारी झाक्री
अ+ अ-

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाक्रीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताउनुभएको छ ।  

बुधवार जनकपुर पुग्नुभएकी मन्त्री झाक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको बताउनुभएको हो । ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउने तर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरुको शिकार संसद बन्नुहुन्छकि बन्नुहुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । ओलीले आफुले गरेको संसद विघटनको औचित्य पुष्टि गर्नका लागि संसद चल्न नदिएको उहाँको भनाई छ ।

उहाँले सरकारले संसदमा विजनेश दिने र आवश्यक कानून निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘केपी ओलीलाई संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गर्दै लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ नै उद्यत हुनुहुन्छ । त्यसकारण आज हामीले ७० वर्ष लडेको, ७ दशकको इतिहास ओलीजस्ता अहंकारी व्यक्तिहरुको शिकार संसद बन्नु हुन्छकि हुँदैन भन्ने बहस गराउनुपर्छ समाजमा । त्यसकारण उहाँहरुले त यसको औचित्य, आफुले विघटन गरेको असंवैधानिक मात्रै होइन, अपराधिक क्रियाकलाप हो संसद विघटन गर्ने । त्यसलाई पुष्टि गर्नको लागि उहाँले संसद चल्न दिनुहुन्न । तर सरकारले चाह्यो भने संसदमा आफ्नो बिजनेश गर्छ । हामीलाई आवश्यक कानूनहरु निर्माण गर्नुपर्ने, आवश्यक नीति लिनुपर्ने ठाउँमा सरकारले आफ्नो स्टेप लिन्छ ।’

मन्त्री झाक्रीले एमाले पार्टी दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको आरोप लगाउनुभयो । एमालेको दशौँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरुलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको पुष्टि भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘कांग्रेसको जत्तिको पनि लोकतान्त्रिक अभ्यास गरेनकी केपी ओलीको खल्तीबाट, पार्टीको सदस्य नै नभएका, पार्टीको सदस्य भएर पनि महाधिवेशन प्रतिनिधि हुने योग्यता नपुगेका मान्छेहरु धमाधम पार्टीको केन्द्रीय कमिटीमा मात्रै होइन, पदाधिकारीमा समेत, पोलिटव्युरोमा समेत उहाँहरुको भर्तीकेन्द्र गरेर एकप्रकारले दक्षिणपन्थी विर्सजनवादी बाटोमा केपी ओली नेतृत्वको पार्टी छ भनेर हामीले भन्दै गरेको कुरा उहाँहरुले दशौँ महाधिवेशनबाट पुष्टि गर्नुभाछ ।’

उहाँले एमाले निरन्तर ओरालो लागेको जिकिर गर्नुभयो । मन्त्री झाक्रीले श्रमजिवी, सर्वहारा वर्गको साँचो नेतृत्व गर्ने पार्टी नेकपा९एकीकृत समाजवादी० भएको दाबी पनि गर्नुभयो ।