३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

उपचुनाव बहिष्कार गर्ने वैद्यको घोषणा

उपचुनाव बहिष्कार गर्ने वैद्यको घोषणा
अ+ अ-

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’का नाममा भाग लिएको वैद्य माओवादीले उपचुनाव भने बहिष्कारको निर्णय लिएको हो।

साउन २१–२३ गतेसम्म काठमाडौंमा सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी) को पोलिटब्युरो बैठकले त्यस्तो निर्णय गरेको प्रवक्ता हरिभक्त कँडेलले जानकारी दिए। ‘चुनावलाई हामीले कार्यनीति बनाउँदै आएका थियौं, अहिले चुनावको उपयोगभन्दा बहिष्कार गर्नु क्रान्तिलाई फाइदा पुग्ने ठानी बहिष्कारको नीति लियौं,’ उनले भने, ‘चुनाव पार्टीको रणनीतिक नीति होइन, आवश्यक पर्दा उपयोग गर्न र आवश्यक नपर्दा बहिष्कार गरेर जान सकिने पक्षमा पार्टी छ।’

सत्ता तथा व्यवस्था अहिले बदनाम हुँदै गएकाले निर्वाचनको उपयोगभन्दा बहिस्कार गरेर संसद्वादको भन्डाफोर गर्न उपयुक्त हुने भएकाले उपनिर्वाचनको सक्रिय बहिस्कार गर्ने निर्णय लिइएको महासचिव वैद्यले आइतबार जारी गरेको वक्तव्यमा पनि उल्लेख छ। स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव उपयोग गरे पनि जम्मा दुई वटा वडामा बाहेक अन्य क्षेत्रमा वैद्य माओवादीले कुनै चुनाव जितेको थिएन। मंसिर १४ मा सरकारले प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तहसमेत जम्मा ३६ जिल्लाका ५० स्थानका रिक्त स्थानमा उपचुनाव गर्ने तयारी गरिरहेको छ।

वैद्य माओवादीले सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनमा सरकारले हद दर्जाको उपेक्षा गरेको आरोपसमेत लगाएको छ। ‘सरकारद्वारा आफैं गठन गरिएको सत्य निरूपण तथा मेलमिलाप आयोगलाई आवश्यक कानुन निर्माण र अन्य सहयोग प्रदान गर्ने काममा हद दर्जाको उपेक्षा र असहयोग गरी विघटित गरिएको कुरा स्पष्ट नै छ,’ वैद्यले वक्तव्यमा भनेका छन्, ‘उपयुक्त कानुनहरूको निर्माण तथा सहयोग प्रदान गरी आयोगहरूलाई पुनर्गठन गरी समस्याको समुचित समाधान निकाल्न सरकारसँग जोडदार माग गर्दछौं।’ नेपालको आन्तरिक मामिलामा कुनै प्रकारको हस्तक्षेप नगर्न पनि वैद्य माओवादीले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।