२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा आगामी नेतृत्वको कसरत : देउवा ढुक्क



अ+ अ-

काठमाडौँ । कांग्रेस महामन्त्री शशांक कोइराला पछिल्लो समय पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने मुद्दा लिएर दौडधुपमा छन् । सभापति शेरबहादुर देउवाबाट सहजै नेतृत्व फुत्काउन नसकिने तर्क गर्दै उनले संस्थापन इतरपक्षको एकतामा जोड दिएका छन् ।

उनी आफैं नेतृत्वका आकांक्षी हुन् । ‘नेतृत्व परिवर्तन त्यसै हुँदैन, हामीबीच (संस्थापन इतरपक्ष) एकता हुनुपर्छ,’ केही दिनअघि नेपालगन्जको एक कार्यक्रममा कोइरालाले भनेका थिए, ‘दुईरतीन जना नै उम्मेदवार हुने अवस्था आयो भने फेरि शेरबहादुरजी सभापति बन्नुहुन्छ ।’ कोइरालाले भनेजस्तै संस्थापन इतरपक्षमा एक हुनै मुख्य चुनौती छ । आन्तरिक मुद्दामा एक ठाउँ देखिए पनि नेतृत्वको सबालमा एकढिक्का छैनन् । उनीसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइरालासम्म नेतृत्वको आकांक्षी छन् । सहमति नबन्ने अवस्थामा रामशरण महत र अर्जुननरसिंह केसी पनि उठने मनस्थितिमा रहेको बताउँछन् । यति बेलाचाहिँ उनीहरू संस्थापन इतरपक्षलाई जोड्नमाकेन्द्रित छन् ।

एक होला त संस्थापन इतरपक्ष ?
पार्टीमा देखिने तीन गुट छन्, सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको । संस्थापन पक्ष देउवाकै नियन्त्रणमा छ ।

विजय गच्छदार, विमलेन्द्र निधि, पूर्णबहादुर खडकाको उपगुट भए पनि तिनको भूमिका देउवाको सहयोगीका रूपमा छ । मुद्दा र नेतृत्वको सवालमा समेत एक ठाउँ छन् । संस्थापन इतरमा पौडेल र सिटौलाका गुट छन् । पौडेल समूहमा पनि कोइरालाहरूको छुट्टै गुट छ । महामन्त्री शशांक र शेखर गुट विस्तारमा छन् । त्यस अतिरिक्त प्रकाशमान सिंहको छुट्टै समूह छ ।

१३ औं महाधिवेशनबाट तेस्रो धारका रूपमा सिटौला गुट जन्मेको छ । यसमा केन्द्रीय सदस्य गगन थापा, प्रदीप पौडेललगायत युवा नेता जोडिएका छन् । १३औं महाधिवेशनमा सिटौलाकै सहयोगबाट देउवालाई सभापति बन्न सहज भएको थियो । त्यति बेला देउवा, पौडेल र सिटौला तीनैजना उम्मेदवार थिए । पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको थियो ।

दोस्रो चरणमा सिटौलाको सहयोगबाटै देउवा सभापति बनेका थिए । संसदीय निर्वाचनदेखि देउवा र सिटौलाबीच सम्बन्ध टुटेको छ । उम्मेदवार चयन प्रक्रियाबाटै उनी देउवासँग चिढिएका थिए । त्यसपछि पार्टीको आन्तरिक मुद्दामा एकै ठाउँ देखिए पनि पौडेल र सिटौलाबीच अविश्वास कायमै छ । त्यसलाई मेटाउन नेता केसी निरन्तर खटिएका छन् । उनकै पहलमा पौडेल र सिटौलाबीच धेरैपटक संवाद भएको छ । सिटौलालाई संस्थापन इतरसमूहमै गोलबद्ध गराउन गगन थापा र प्रदीप पौडेल पनि निरन्तर लागिरहेका छन् ।

‘मुद्दामा हामीबीच कुनै विवाद छैन,’ केसीले भने, ‘नेतृत्वमा पनि समय आएपछि सहमति गरेरै अघि बढ्छौं ।’ सिटौला नेतृत्वको प्रतिस्पर्धा गर्ने मुडमा देखिन्नन् तर, पार्टीभित्र आफ्नो भूमिकाको खोजीमा छन् । ‘फेरि पनि सिटौला देउवा क्याम्पमा फर्कनुहुन्न तर, संस्थापन इतरपक्षमा आफैं हुने या कसलाई सहयोग गर्ने भन्ने मनस्थिति बनाइसक्नुभएको छैन,’ स्रोतले भन्यो, ‘परिस्थिति हेरेर निर्णय गर्ने पक्षमा हुनुहुन्छ ।’ कोइराला परिवारमा शशांक र शेखरबीच नै नेतृत्वको टकराव छ ।

शेखरले १४औं महाधिवेशनमा आफू सभापतिमा प्रतिस्पर्धा गरेरै छाड्ने बताउँदै आएका छन् । शेखरलाई यसैपटक प्रतिस्पर्धा गर्न उमेरको पनि दबाब छ । उनी ७० वर्ष टेकेका छन् । ५ वर्ष कान्छा शशांकले पनि एकरदुई पटक सार्वजनिक कार्यक्रममै आफू उम्मेदवार बन्ने घोषणा गरेका थिए । यसलाई लिएर खलबली उत्पन्न भएपछि संस्थापन इतरपक्षको भेलाले कसैले पनि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा नगर्ने समझदारी बनाएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।