३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

निःशुल्क उपचार भन्दै लाखौं बुझ्दै अस्पताल

निःशुल्क उपचार भन्दै लाखौं बुझ्दै अस्पताल
अ+ अ-

वीरगन्ज । गत १७ चैतमा आएको टोर्नाडो (हावाहुरी) बाट घाइते भएकालाई निःशुल्क उपचार गरी सहयोग गर्छौं भनी घोषणा गरेका वीरगन्जका अस्पतालले सुटुक्क लाखौं रकम बुझेको प्रमाण फेला परेको छ । विपत्को समयमा निःशुल्क उपचार गरी सहयोग गर्र्छौ भनी स्वघोषणा गरेका वीरगन्जमा सञ्चालित अस्पतालले निःशुल्क उपचारको लाखौं रकम बुझेको तथ्य फेला परेको हो ।

वीरगन्जमा सञ्चालित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालका साथै एलएस न्यूरो अस्पताल, वीरगन्ज हेल्थ केयर हस्पिटल, गण्डक हस्पिटलले निःशुल्क उपचारको रकम बुझेर यतिबेला टोर्नाडो ९हावाहुरी० बाट घाइते भएकालाई निःशुल्क उपचार गरी सहयोग गर्छौं भनी गरेको घोषणा फुस्रो साबित गरिदिएका छन् ।

सबैभन्दा बढी रकम कुम्ल्याउने अस्पतालमा नेसनल मेडिकल कलेज शिक्षण अस्पताल दरिएको प्रमाण फेला परेको छ । नेसनल मेडिकल कलेजले गम्भीर प्रकृतिका केही घाइतेबाहेक सामान्यसमेत गरी २३३ जना हावाहुरीबाट घाइते भएकालाई उपचार गरेको प्रमाण पेस गरी ३१ लाख ३८ हजार २८४ रुपैयाँ रकम बुझेको तथ्य फेला परेको छ । त्यसैगरी, एलएस न्यूरो अस्पतालले १५ लाख दाबी गरी जिल्ला प्रशासन कार्यालयलाई सिफारिसका लागि दबाब दिइरहेको छ । यसका अलावा वीरगन्ज हेल्थ केयर हस्पिटलले १३ लाख ६३ हजार ५६ रुपैयाँ, गण्डक अस्पतालले ६ लाख ९३ हजार ६२५ रुपैयाँ खर्च भएको भनी माग दाबी गरी जिल्ला प्रशासन कार्यालयलाई प्रदेश २ सरकारमा सिफारिस गरिदिन बिरामी संख्या कोर्ड गरी निवेदन नै दिएका छन् ।

विपत्का समयमा निःशुल्क उपचार गर्ने घोषणा गरेकामध्ये स्थानीय तराई अस्पतालले भने कुनै रकम नलिने भनी खर्च गरेको रकम भने जानकारीका लागि जिल्ला प्रशासन कार्यालयलाई जनाएको छ । हावाहुरीबाट सबैभन्दा बढी ३४६ जना घाइतेलाई उपचार गरेको वीरगन्जको नाराययणी अस्पतालको सो समयको खर्च जम्मा ८ लाख ८० हजार लागेको प्रमाण फेला परेको थियो । निजी अस्पतालले सरकारले सो समयमा गरेको खर्चको उचित विवरण पेस गरी रकम उपलब्ध गराउने भने पनि अतिरिक्त रकम लिन बिल बढाएर पठाएको खुलासा भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सिफारिस नगरेसम्म उनीहरूलाई प्रदेश २ सरकारले रकम भुक्तानी नदिने भएपछि बिल पेस नगरी एकमुष्ट रकम मात्र उल्लेख गरी भुक्तानीका लागि अस्पतालले दाबी गरेको प्रमाण जिल्ला प्रशासन कार्यालयमा सुरक्षित रहेको छ ।

प्रदेश २ मुख्यमन्त्रीको कार्यालयले अस्पतालको खर्च बेहोरिदिने भन्दै त्यहीबाट भुक्तानी दिने भएपछि चेक काट्नेले नै बिल विजकबारे चासो राख्नुपर्ने निष्कर्षसहित आफ्नो कार्यालयले सिफारिस मात्र गरिदिएको जिल्ला प्रशासन कार्यालय पर्साकोतर्क छ । यी अस्पतालले विपत्का समयमा गरेको खर्चको भुक्तानी लिँदै गरेको प्रदेश २ सरकारले जनाएको छ । कति अस्पतालले त भुक्तानी लगिसके मुख्यमन्त्रीको कार्यालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा राजधानीलाई बताए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।