३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ललितपुरमा वितरित अधिकांश पानीमा दिसाजन्य जीवाणु

ललितपुरमा वितरित अधिकांश पानीमा दिसाजन्य जीवाणु
अ+ अ-

ललितपुर । आव २०७५/७६ को विभिन्न १०२ वटा मुहानको पानी परीक्षण गर्दा ललितपुर महानगरपालिका र कोन्ज्योसोम गाउँपालिका उच्च जोखिममा रहेको छ । कोन्ज्योसोममा रहेको २३ वटा मुहानको पानी परीक्षण गर्दा १६ वटा मुहानको पानी पिउन अयोग्य ठहरिएको हो ।

ललितपुर महानगरपालिकाका २४ वटा मुहानको पानी परीक्षण गर्दा १८ वटा मुहानको पानी दूषित भेटिएको कार्यालयका ल्याब टेक्निसियन शंकर पौडेलले जानकारी दिए । त्यस्तै, महालक्ष्मी नगरपालिकाका १३ वटा मुहानको पानी परीक्षण गर्दा तीनवटा मुहानको पानी दूषित रहेको भेटिएको ल्याब टेक्निसियन पौडेलले बताए ।

गोदावरी नगरपालिकाका २४ वटा मुहानको पानी परीक्षण गर्दा १० वटा स्थानको र महांकाल गाउँपालिकाको गोटिखेलका ११ वटा पानीको नमुना परीक्षण गर्दा चारवटा स्थानका पानी पिउन अयोग्य ठहरिएको छ ।

अन्य सात स्थानको परीक्षण गर्दा दुईवटा पानीको मुहानमा कोलिफर्म भेटिएको उनले बताए । यसअघि आर्थिक वर्ष २०६९/७० मा ८६ दशमलव ६ प्रतिशत पानी पिउन लायक नभएको, आव २०७१/७२ मा ५८ प्रतिशत पानीको स्रोत दूषित भेटिएको थियो भने आव २०७२/७३ को पानी ८६ दशमलव ६ प्रतिशत दूषित थियो ।

ललितपुरमा वितरण गरिएका अधिकांश पानी पिउन अयोग्य भएकाले पानी शुद्धीकरण गरेर पिउन स्वास्थ्य कार्यालय ललितपुरले सुझाव दिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका १०२ वटा स्थानका पानीको नमुना परीक्षण गर्दा ५४ वटामा ९कोलिफर्म० दिसाजन्य जीवाणु भेटिएको हो । ललितपुरमा वितरित पानीमध्ये ५२ दशमलव ९४ प्रतिशत पिउन अयोग्य भेटिएपछि कार्यालयले पानी उमालेर या क्लोरिन तथा युरो गार्ड हालेर पानी पिउन अनुरोध गरेको छ ।

कोलिफर्म मानव स्वास्थ्यका लागि घातक मानिन्छ । स्वास्थ्य कार्यालयका प्रमुख एवं जनस्वास्थ्य प्रशासक डा। खगेश्वर गेलालले ललितपुरका विभिन्न स्थानको खानेपानी मुहानको पानीको परीक्षणका क्रममा करिब ५४ वटा मुहानका पानी प्रदूषित पाइएको बताए ।

उनले पिउने पानी प्रदूषित भएकाले ललितपुरमा महामारीजन्य रोगको प्रकोप उच्च जोखिममा रहेको पनि बताए । बाढी, डुबान र पहिरोका कारण पनि खानेपानीमा शुद्धीकरणको आवश्यकता रहेको उनले बताए । ‘बाढी र डुबानमा अन्यत्र प्रदूषित हुँदै आएको पानी खानेपानीको मुहानमा मिसिँदा फोहोर हुने गर्दछ,’ उनले भने,‘पहिरोका कारण पनि खानेपानी प्रदूषित हुने सम्भावना हुन्छ ।’

कार्यालयका ल्याब टेक्निसियन शंकर पौडेलका अनुसार ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम र महांकाल गाउँपालिकाका विभिन्न स्थानमा रहेका पानीको मुहानमा पानी परीक्षण गर्दा पिउन अयोग्य देखिएको छ । ललितपुरको चापागाउँ, लुभु, लामाटार, गोदावरी, बडीखेल, कोन्ज्योसोम, गोटीखेलमा भण्डारण गरिएको पानीको परीक्षण गरिएको हो । ‘यी सबै ठाउँको पानी परीक्षण गर्दा अधिकांश पानी पिउन नमिल्ने खालको भेटिएको छ,’ डा। गेलालले भने, ‘महानगरपालिकाका इनार, ढुंगेधाराको पानी पनि सिधै पिउन मिल्ने खालका छैनन्, उमालेर या शुद्धीकरण गरेर पिउनुपर्छ ।’ ललितपुरका पानी भण्डारण गरिने प्रमुख स्थानका ट्यांकीको परीक्षण जाँच गरिएको स्वास्थ्य प्रमुख गेलालले बताए ।

बर्खायाममा खानेपानीका माध्यमबाट सर्ने हैजा, डेंगु, स्क्रब टाइफस, झाडापखाला,एन्फ्लुएन्जा, कालाज्वरलगायत रोगको महामारी फैलिन सक्ने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी खान ¥यापिड रेस्पोन्स टिमका फोकल पर्सन शंकर पौडेलले आग्रह गरे ।

पछिल्ला २–३ वर्ष यता ललितपुरमा हैजाको जीवाणु देखापरिरहेको छ । यद्यपि यसपालि भने ललितपुरमा हैजाको जीवाणु फेला पारिएको छैन । पानी दूषित रहेका कारण केही स्थानमा डेंगुका बिरामी देखा परिसकेका छन् ।

¥यापिड रेस्पोन्स टिमका फोकल पर्सन शंकर पौडेलका अनुसार हैजाको पनि जीवाणु नदेखिएला भन्न सकिन्न । ‘पानीको उचित शुद्धीकरणबिनै पिएको, ईनार धाराको पानीको हातमुख धुन तथा दाँत माझ्नलगायतका काममा प्रयोग गर्दा पनि यो जीवाणु भेटिन सक्छ,’ उनले भने, ‘दिशाकै माध्यमबाट महामारीजन्य रोग फैलिन्छ ।’, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।