३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तिब्बतीलाई छोरी बनाएर नागरिकता

तिब्बतीलाई छोरी बनाएर नागरिकता
अ+ अ-

कास्की । झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना पक्राउ परेका छन् । तिब्बतीलाई छोरी बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता दिलाउने पोखरा–१८ सराङकोटका लेखबहादुर थापा, नागरिकता लिने दुई युवती र साक्षी बसेका ५ जनालाई प्रहरीले पक्रेको हो ।

थापाले तिब्बती शरणार्थीसँग विवाह गरेकी छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर सनाखत गरी नागरिकता लिएको प्रशासनले जनाएको छ । तिब्बती बाबु र नेपाली आमाबाट जन्मिएका दुई जनाले नागरिकता लिएका थिए ।

सरु थापामगर र तासी आङ्मो थापामगरले गत जेठ २६ र असार ६ मा नेपाली नागरिकता लिएका हुन् । सरुका नाममा ४६–०१–०७६–२०३९ र तासी आङ्मोको नाममा ४६–०१–०७६–०१६३३ नम्बरको नागरिकता जारी भएको छ । सुरुको उमेर २७ वर्ष र तासीको २६ वर्ष भनिएको छ । दिदीबहिनीको उमेरको फरक ७ महिना मात्रै छ ।

छोरी भनेर सनाखत गर्ने लेखबहादुर थापा, साक्षीहरू ज्ञानबहादुर थापा क्षत्री, सन्तोष थापामगर, कमल थापामगर र इमा थापामगर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुई दिदीबहिनी पनि छन् । तिब्बतीलाई नागरिकता दिएको विषय गाइँगुइँ चलेपछि प्रशासनले दुवै नागरिकता नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अनुसन्धानपछि ८ जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए । थप अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए । थापाले दुवै आफ्नो छोरी भएको भने पनि अनुसन्धानमा छोरी नभएको प्रमाण भेटिएको प्रशासनले जनाएको छ ।

वडामा पहिले बाबुको नाम र पछि हजुरबुबा लेखबहादुर थापाको नाम उल्लेख भएको जन्मदर्ता भेटिएको छ । थापाको एक छोरी तिब्बतीयन नागरिकसँग विवाह गरेको र उनीहरूका २ छोरीलाई वंशजका आधारमा नागरिकता दिन लगाउन उनले झूटो विवरण पेस गरेको खुलेको बुढाले बताए । उनका अनुसार विद्यालयको अभिलेखमा समेत उनीहरूको वास्तविक बाबुको नाम उल्लेख छ । ‘अनुसन्धानपछि तिनीहरू उनको छोरी नभएको खुलेपछि पक्राउ गरिएको हो,’ उनले भने ।

नागरिकता दिने काममा संलग्न नागरिकता फाँटका प्रशासकीय अधिकृत ऋषिराम आचार्य, खरिदार परशुराम पौडेल, खरिदार रामचन्द्र थापा, नासु डाँसीराम लामिछानेलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । आचार्यले दुवै नागरिकता जारी गरेका थिए भने पौडेल र थापाले सनाखत र लामिछानेले पेस गरेका थिए ।

यसैगरी पोखरा–१८ वडा कार्यालयका २ जनालाई पनि विभागीय कारबाही सिफारिस प्रक्रिया अघि बढाइएको छ । प्रजिअ बुढाका अनुसार सोमबारसम्म वडा कार्यालयका कर्मचारीको नाम थाहा हुनेछ । ‘वडा कार्यालयका कर्मचारीले २ पटक जन्मदर्ता गरेका छन्, दुई पटकमा फरक–फरक बाबुको नाम छ, एक पटक वास्तविक बाबु र अर्को पटक हजुरबुबा लेखबहादुरको नाम छ,’ बुढाले भने ।

विद्यालयमा भर्ना हुने क्रममा एउटा र नागरिकता लिने क्रममा अर्को बाबुको नाम राखिएको अनुसन्धानमा खुलेको छ । वडाध्यक्ष रणबहादुर थापाले यस विषयमा आफूलाई केही थाहा नभएको भन्दै बोल्न मानेनन् । नागरिकताका लागि उनले पनि सिफारिस गरेका थिए । तिब्बतीले नागरिकता लिएको भन्दै राष्ट्रप्रेमी नेपाली समूहले अख्तियार, जिल्ला प्रशासनलगायत सरोकारवाला निकायमा उजुरी दिएको थियो ।

नागरिकता ऐन ०६३ अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झूटो विवरण दिएर नेपाली नागरिकता लिएमा १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । त्यस्तो नागरिकता रद्द हुन्छ । यस्तो नागरिकता दिलाउन सनाखत, सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ देखि ५० हजार रुपैयाँसम्म वा दुवै सजाय हुने ऐनमा छ । कर्मचारीको हकमा भने विभागीय कारबाहीको व्यवस्था छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।