३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

किर्तेविरुद्ध कठोर बन्दै सेना

किर्तेविरुद्ध कठोर बन्दै सेना
अ+ अ-

काठमाडौं । सेवा प्रवेश र बढुवामा किर्ते गर्ने सैनिक अधिकारीविरुद्ध जंगीअड्डाले कठोर नीति लिएको छ। जागिर खान नक्कली प्रमाणपत्र पेस र माथिल्लो पदसम्म पुग्न नागरिकता किर्ते गर्नेहरू कडा सजायको भागीदार हुने भएका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा जंगीअड्डाले यसबारे लामो समयदेखि सूक्ष्म छानबिन गरिरहेको छ। यस सम्बन्धमा दोषी ठहरिएकालाई भविष्यमा सरकारी सेवामा योग्य नहुनेदेखि जेल हाल्नेसम्मको सजाय दिने तयारी छ। अहिलेसम्म भने सैनिक अधिकारीको आत्मसम्मानमा ठेस नपुग्ने गरी अवकाशमा जाने नीति लिँदै आएको देखिएको छ।

किर्ते गरी उमेर सच्याउनेले राजीनामा दिएर सेवाबाट बिदा हुने अवसर प्रयोग नगरे उनीहरूले कठोर सजाय भोग्नुपर्नेछ। उनीहरूलाई भ्रष्टाचार, सैनिक आचरण र नैतिकतासमेतको अभियोगमा कसुरको गाम्भीर्य र दर्जाबमोजिम जेल चलानसम्मको तयारीमा सैनिक नेतृत्व पुगेको स्रोतले बताएको छ।

जंगीअड्डाले एक सहायक रथीको संयोजकत्वमा समिति बनाई वरिष्ठ अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकता छानबिन गरिरहेकोे छ। सैनिक मुख्यालयले केही महिनाअघि मात्र बढुवा भएका एक उपरथी र उपरथीमा बढुवा सिफारिस भएका सहायक रथीको जन्ममिति छानबिन गरिरहेको छ। उच्च सैनिक स्रोतका अनुसार उपरथी पदमा बढुवा पाएका ताराध्वज पाण्डे र सहायक रथी अशोकराज सिग्देलको जन्ममितिबारे छानबिन भइरहेको हो।

पाण्डे र सिग्देलले सैनिक नेतृत्वसम्म पुग्ने आसमा जन्ममिति किर्ते गरेको स्रोेतले बताएको छ। दुवैको विद्यालय तहमा दर्ता र सैनिक अभिलेखमा भएको जन्ममिति फरक–फरक देखिएको छ। रक्षा मन्त्रालय र जंगीअड्डामा उपरथी पाण्डे र सहायक रथी सिग्देलविरुद्ध छुट्टाछुट्टै उजुरी परेको पुष्टि भएको छ।

उपरथी पाण्डे सेनाको हेटौंडास्थित मध्यपृतनाका पृतनापति छन्। सहायक रथी सिग्देल जंगीअड्डामै कार्यरत छन्। पाण्डेको केही महिनाअघि मात्र उपरथी पदमा बढुवा भएको थियो। उपरथीमा बढुवाका लागि एक नम्बरमा सिग्देलको नाम सिफारिस भएको छ। कार्यसम्पादनमा दुवै जना अब्बल ठहरिए पनि जन्ममितिमा किर्तेपछि पदमा बसिरहन दुवै जनालाई अप्ठेरो परेको छ। जंगीअड्डाले पाण्डे र सिग्देलसहित अन्य उच्च अधिकारीलाई छानबिनको दायरामा तानेको स्रोतले बताएको छ।

नागरिकतामा जन्ममिति सच्याई वास्तविक सेवा अवधिभन्दा बढी सेवा गरेको अभियोगमा प्रमुख सेनानी जीवन थापालाई सैनिक अदालतले बर्खास्त गरेको थियो। नक्कली प्रमाणपत्र बुझाएर सेवा प्रवेश गरेका, नागरिकतामा किर्ते गरी जन्ममिति सच्याएका, बढुवा हुन नक्कली प्रमाणपत्र बुझाएका र उमेर नपुगी सेवा प्रवेश गरेका प्रथम श्रेणी र उच्च तहका अधिकारीमाथि जंगीअड्डाले छानबिन गरिहरेको छ। उपरथीमा बढुवा हुन केहीले नक्कली प्रमाणपत्रसमेत पेस गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार बढुवा हुन नक्कली प्रमाणपत्र बुझाउनेमा साधारण सेवा, विविध सेवा र प्राविधि सेवातर्फका कनिष्ठदेखि वरिष्ठ तहका करिब तीन दर्जन छन्।

प्रहरी र निजामतीतर्फ नक्कली प्रमाणपत्र अख्तियार दुरुपयोग आयोगले छानबिन गर्दै आएको छ। किर्ते गर्ने सैनिकमाथि भने छानबिन नहुने आशंका थियो। यही बेला प्रधानसेनापति थापाले गम्भीर ढंगले छानबिन गर्न निर्देशन दिएका छन्। जंगीअड्डाले किर्ते गर्ने ११ जनालाई कारबाही गरिसकेको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।