३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण

प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण
अ+ अ-

काठमाडौं । नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ रुपैयाँ ऋण पुगेको छ। गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो। गत आर्थिक वर्ष प्रत्येक नेपालीलाई चार हजार सात सय २४ रुपैयाँ ऋण थपिएको छ।

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र०७६ मा सरकारको ऋण १३.६५ प्रतिशत बढेको छ। अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। केन्द्रीय तथ्यांक विभागको सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ रुपैयाँ हुन्छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्षमा सरकारको ऋण एक खर्ब २५ अर्ब रुपैयाँ बढेको छ। अघिल्लो आर्थिक वर्षमा सरकारको ऋण नौ खर्ब १६ अर्ब रुपैयाँ थियो। कुल ऋणमध्ये बाह्य पाँच खर्ब ८८ अर्ब रुपैयाँ छ। आन्तरिक ऋण चार खर्ब ५३ अर्ब रुपैयाँ छ। सरकारले आन्तरिकतर्फ ट्रेजरी बिल्स, विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र लगायतमार्फ ऋण उठाउँछ। यस्तै बाह्यतर्फ एसियाली विकास बैंक, विश्व बैंक, डीएफआईडी, आईएफएडी,आईडीए,एनडीएफलगायत दातृसंस्थामार्फत ऋण लिन्छ।

गत आवमा सरकारले ८१ अर्ब ४७ करोड रुपैयाँ बाह्य ऋण उठाएको थियो। यस्तै आन्तरिक ऋण ९६ अर्ब ३८ करोड रुपैयाँ थियो। गत आवमा उठाइएको ऋणमध्ये २६ अर्ब ४३ करोड ट्रेजरी बिल्सबाट र ६९ अर्ब ९४ करोड रुपैयाँ विकास ऋणपत्रलगायत उपकरणबाट उठाएको हो।

सुरुमा राजस्व लक्ष्यको हाराहारी पुगेकाले आन्तरिक ऋणमा सरकारले जोड नदिए पनि अन्तिममा एकैपटक ऋण उठाइएको थियो। यसरी बिनायोजना आन्तरिक ऋण उठाउनु अर्थतन्त्रका लागि खतरनाक भएको अर्थविद् बताउँछन्।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटा भने एकैपटकमा आन्तरिक ऋण नउठाएको दाबी गर्छन्। उनले भने, ‘सरकारले पहिलो ६ महिना र दोस्रो ६ महिनाको अन्तरालमा आन्तरिक ऋण उठाइएको हो। ’ पहिलो ६ महिनामा ५३ अर्ब र बाँकी ६ महिनामा ४३ अर्ब रुपैयाँ उठाएको उनले जानकारी दिए।

ऋण जीडीपीको ३० प्रतिशत

सरकारी ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३०.०६ प्रतिशत पुगेको छ। अघिल्लो आवमा यो ३०।२३ प्रतिशत हो। अन्य मुलुकको तुलनामा नेपालको ऋण व्यवस्थापनको हिसाबले स्वाभाविक देखिएको अर्थविद् केशव आचार्यले बताए। उनले भने, ‘बाहिरी मुलुकमा जीडीपीमा ऋणको अनुपात १०० प्रतिशतदेखि २०० प्रतिशतसम्म देखिन्छ। त्यसैले हामी आत्तिनुपर्ने अवस्था छैन। ’

सरकारले चालु आवका लागि विनियोजन गरेको बजेट चालु खर्चभन्दा चार खर्ब रुपैयाँभन्दा बढी ऋण छ। गत आवमा चालु खर्च सात खर्ब १४ अर्ब ९८ करोड रुपैयाँ थियो। वैदेशिक ऋण तथा लगानी निश्चित शीर्षकमा तोकिएको शर्तबमोजिम खर्च गर्नुपर्ने हुन्छ। बजेटको लक्ष्य पूरा गर्न सरकारले आन्तरिक ऋण उढाउन सक्छ।

कति ऋण बढ्योभन्दा पनि त्यसको परिचालन विकास निर्माणमा भएरनभएको हेर्नुपर्ने अर्थविद् आचार्यले बताए। ‘ऋण कसरी प्रयोग गर्‍र्यौं भन्नेमा भर पर्छ। ऋण कर्मचारी पाल्न र पोस्नमा प्रयोग भयो भने चिन्ताको विषय हो’,

गत असार २७ मा विश्व बैंकले वित्तीय संघीयता कार्यान्वयन तथा वित्त व्यवस्थापन सुधारका लागि सरकारलाई ११ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने बताएको थियो। संघीयता कार्यान्वयनमा कर्मचारीको तलबभत्ता खुवाउन ऋणको प्रयोग गरिनु दुर्भाग्यपूर्ण हुने आचार्यको भनाइ छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।