६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

असईसहित तीन प्रहरी निलम्बित



अ+ अ-

काठमाडौं । सिंहदरबार वृत्तबाट थुनुवा फरार प्रकरणमा काठमाडौं परिसरले एसपी अशोक सिंहको नेतृत्वमा एक छानबिन समिति गठन गरी असईसहित तीन प्रहरीलाई निलम्बित गरेको छ।निलम्बन हुनेमा थुनुवा फरार भएका बेला ड्युटीमा रहेका ड्युटी अफिसर असई भीमबहादुर थापा, हवलदार बोधबहादुर माझी र चन्द्रबहादुर विक छन्।

समितिले उनीहरुमाथि अनुसन्धान थालेको छ। समितिका संयोजक एसपी सिंहले ड्युटीमा रहेका प्रहरी दोषी ठहरिए प्रहरी ऐनअनुसार कारबाही हुने बताए। महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट फरार भएका चार थुनुवामध्ये तीनजना पक्राउ परिसकेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार गत शनिबार फरार भएका चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबा पक्राउ गरेका हुन्। डिएसपी बोगटीले फरार मदन तामाङको खोजी भइरहेको बताए।