१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

उद्यमशिलताको विकासमा लाग्न युवा उद्यमी ढकालको आग्रह

उद्यमशिलताको विकासमा लाग्न युवा उद्यमी ढकालको आग्रह
अ अ+ अ-

काठमाडौँ । नेपालका युवा उद्यमी तथा आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकालले जोखिमबाट बाहिर निस्किएर उद्यमशिलताको विकासमा लाग्न नेपालका युवाहरुलाई आग्रह गरेका छन् ।

आजदेखि राजधानीमा शुरु भएको नेपाल युवा उद्यमशिलता सम्मेलन, २०१९ लाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । उनले सीप र प्रविधिको अभावमा खाडी मुलुकहरुमा कामगर्न जाने युवाहरु अधिकांश अदक्ष श्रमिकको रुपमा रहेकोले जोखिमपूर्ण काम गर्न बाध्य भएका र यसैकारण उनीहरुको जीवन थप जोखिमपूर्ण बनिरहेको भन्दै नेपाली युवाहरुलाई असफल भइन्छ कि भन्ने त्रासबाट मुक्त भई स्वदेशमै केही न केही उद्यमका लागि लाग्न आग्रह गरे ।

देशमा रोजगारीको अभावका कारण रोजगारीमा आएका युवाको १० प्रतिशत मात्रै बजारले खपत गरेको छ । फलस्वरुप हरेक दिन करिब १ हजार ५०० युवा कामको शिलशिलामा विदेशीने गरेका छन् ।

हाम्रा उत्तर र दक्षिणी छिमेकमा करिब साढे दुइ अरबको जनसंख्या रहेकाले नेपाल उत्पादनका हिसाबले पनि एउटा ठूलो अवसरको भूमि रहेको उनले बताए ।


यी संसारका ठूला अर्थतन्त्रबाट लाभ लिन हामीले स्वदेशमै उद्यमशिलताको विकास गर्नु जरुरी रहेको उनको भनाई थियो । उनले भने– त्यसैले पनि हाम्र्रो नेपालमा हरेक उत्पादनको भविश्य छ ।

छिमेकको समृद्धिबाट लाभ कसरी लिने भन्ने योजना हामीले बनाउने हो । देशको कम्तीमा ६० प्रतिशतको युवा शक्तिलाई बजारमुखी शिक्षा र सामयिक बजारको सिद्धान्तबाट प्रेरित गर्नु जरुरी छ ।

नेपालका युवाबर्ग सबैभन्दा बढी त कुनै पनि नयाँ काममा फेल भइन्छ कि भन्ने ठूलो मानसिक त्रास म देख्छु । त्यसलाई हटाउन मानिस असफल नभई सफताका सुत्र सिक्दैन भनेर उनीहरुलाई सबल बनाउनुपर्नेछ । असफलता नै सफलता सिक्ने प्रयोगशाला हो भन्ने सकारात्मक सन्देशले उनीहरुलाई प्रेरित गर्नु जरुरी छ– उनले भने ।


कुनै पनि देशको समृद्धिको निम्ति युवामा लगानी गर्नु जरुरी रहेको उनले बताए । युवाशक्तिको हातमा देश विकासको साँचो हुन्छ, त्यसैले जुन देशले युवामा लगानी गरेको छ, जुन देशले समयानुकुल र बजारमुखी शिक्षा प्रणालीको विकास गर्न सकेको छ त्यस देशको भविश्य उज्जवल रहन्छ उनले भने ।

युवाको ज्ञान, श्रम र सीप आफ्नै माटोमा रोप्न सक्यौँ भने त्यसले लाग्ने फसलले आफू र आफ्नो परिवारमात्र होइन समाजलाई नै लाभ पुग्ने छ र यसले समृद्ध राष्ट्र बन्न सघाउने उनको धारणा थियो ।

नेपालका बनपाखा, जीव जंगल, जैविक विविधता, हिमाल पहाड, खोला नदी, खोँच शिखर, कुना कन्दरा सबैले समृद्धि बोकेका तर तिनको सदुपयोग हामीले इजरायलले जस्तोगरी गर्न नसकिएको उनले बताए ।

इजरायलले जस्तो सूचना प्रविधिमा आधारित खेती प्रणाली बनाउन सके नेपाल धेरै माथि पुग्ने उनको भनाइ थियो । नेपालका युवाहरु अहिले आइटीटमा धेरै आकर्षित भएका, विदेशमा देखेको, सिकेको सीप यहाँ लागू गर्नखोज्ने उत्सुकता उनीहरुमा रहेको उनले बताए ।

नेपालमा पछिल्ला केही समयमा देखिएको आइटीको प्रयोगले जीवन शैलीमै परिवर्तन ल्याइदिएको र अब देशमा आइटीलाई एक उद्योगका रुपमा विकास गर्नुपर्ने खाँचो रहेको उनले बताए ।