१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

‘आर्थिक वृद्धिद्धरमा विश्वका १७० देशलाई पछि पार्दै नेपाल टप पोजिशनमा पुगेको छ’ : मन्त्री महासेठ

‘आर्थिक वृद्धिद्धरमा विश्वका १७० देशलाई पछि पार्दै नेपाल टप पोजिशनमा पुगेको छ’ : मन्त्री महासेठ
अ अ+ अ-

काठमाडौं, २७ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भैरहेको स्पष्ट पारेका छन् । उनले अहिले आर्थिक वृद्धिको दरले र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकासिल देशहरुमध्ये डेढ सय देशहरुलाई पछाडि पार्दै अगाडि बढेको दाबी गरे । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘आर्थिक समृद्धिमा हामी विश्वका १७० देशलाई पछि पार्दै टप पोजिशनमा आएका छौैं ।

आज हामी अन्तर्राष्ट्रिय पत्रपत्रिकार हेरौं, विकासिल देशहरुले यो डेढ वर्षभित्रमा जति राम्रो गरिरहेका छन्, त्यसको टप स्थानमा आज नेपाल पुगेको छ । हामी आएको डेढ वर्ष भएको छ, यो अवधिमा यति राम्रो ईम्प्रुभ गर्नु राम्रो कुरा हो । तर, हामीले धेरै गरिसक्यौं भन्नेपनि होईन, भर्खर भर्खर पाईला टेक्दै गरेको अवस्थामा हिजोको भन्दा धेरै राम्रो काम गरेका छौं ।’
क्लबका सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले विकास र समृद्धिको मामिलामा फड्को मारेको दाबी गरेका छन् ।

उनले भने,‘यो सरकारले विकास र आर्थिक वृद्धिमा ठूलो फड्को मारेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराअनुसार नै अघि बढिरहेका छौं ।’ सरकारले आगामी साँढे तीन वर्षभित्र नेपालले दोहोर अंकको आर्थिक वृद्धि हाँसिल गर्ने महासेठको दाबी छ । मन्त्री महासेठले भौतिक पूर्वाधारलगायतका विकास निर्माणका कामपनि रेकर्ड नै ब्रेक गर्नेगरि भएको सुनाए ।

उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसारनै मैले काम गरिरहेको छु । हामी दश वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक बनाउँछौं । त्यस्तै २८ सय किलोमिटरको रेलमार्गले जोड्छौं ।’ उनले विद्युतीय रेलमार्ग निर्माणको कामपनि धमाधम भैरहेको बताए । उनले भने,‘पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम हामी तीन वर्षभित्र सम्पन्न गरिसक्छौं । अहिले डिपिआर त सम्पन्न नै भैसकेको छ । हामीले रेलमार्गको निर्माणमा पनि फड्को मारेका छौं ।’ मन्त्री महासेठले सडकको अवस्थामा पनि धेरै राम्रो काम भैरहेको सुनाए ।

उनले भने,‘असार २४ गतेसम्मको डेटाको कुरा गर्नुहुन्छ भने हामीले ९ सय १५ किलोमिटर बराबरको ६, ४ र २ लेनका नयाँ पिच सडकहरु बनाएका छौं । जबकी यो सरकारभन्दा अघिका सरकारको पालामा एक वर्षमा १ सय २५ किलोमिटरमात्रै हुन्थे । एक सयभन्दा बढि पुल निर्माण हुँदैनथिए, तर हामीले यो एक वर्षमा २४३ पुल बनाईसकेका छौं ।’ उनकाअनुसार अहिले ११ सय किलोमिटरको ग्राभेल सडक र ३ सय १० किलोमिटरका माटे सडक पनि निर्माण भैसकेका छन् ।

उनले काठमाडौंको बाटो, घाटो, धुलोलगायतका अवस्थामा पनि पहिलेभन्दा अहिले सुधार आएको दाबी गरे । यद्धपी केही सडकहरुले भने आफूहरुलाई अहिलेपनि आलोचनाको पात्र बनाएको उनको स्पष्टोक्ति थियो । उनले थपे,‘कलंकी–नागढुंगा सडक, चावहिल–साँखु सडकका कारण हामी आलोचनाको शिकार भयौं । तर, अब हामी द्रुत गतिमा काम गरिरहेका छौं । खानेपानीको कारण सडक बनाउन अप्ठ्यारो भएको थियो ।

तर, हामीले अहिले खानेपानीको कामपनि आफैं गर्नेगरि बोलपत्र आह्वान गर्न लागेका छौं । यो आर्थिक मसान्तभित्रै सबै काम सम्पन्न गरिसक्छौं ।’ उनले काठमाडौंलाई सुन्दर सहर बनाउनेगरि आफूहरुले काम गरिरहेको पनि विश्वास दिलाए । कोटेश्वर, गौशला, थापाथली लगायतमा ‘ओभरहेड ब्रिज’ बनाउन लागिएको पनि उनले सुनाए । त्यस्तै, उनले काठमाडौंमा स्मार्ट ट्राफिक लाईटहरु राख्ने पनि जनाए ।

यो वर्ष सरकारको पहिलो आधार वर्ष भएकोले जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको उनले स्विकारे । तर, विकास निर्माणलगायत पूर्वाधार विकासमा सरकारले रेकर्ड नै कायम गरेको उनको दाबी छ । मन्त्री महासेठले यो आर्थिक वर्षको अन्तिमतिर अर्थात ११ महिनापछि काठमाडौंवासीले सुन्दर काठमाडौं उपहार पाउने बताए । काठमाडौंमा भएका पुलहरुलाई व्युटिफिकेशन गर्ने, सिग्नेचर ब्रिजहरु बनाउनेलगायतका काम हुने उनले जनाएका हुन् ।

त्यस्तै, रिङ–रोड विस्तारको कामपनि यही वर्षभित्र हुने महासेठको भनाई छ । देश समृद्ध रातारात नहुने बताउँदै सिंगापुर, चीनलगायतका देशलाई पनि अहिलेको अवस्थामा आईपुग्न दशकौं समय लागेको उनले स्मरण गराए । महासेठले वर्तमान सरकार पाँच वर्षसम्मको लागि भएकोले यो अवधिभित्र देशलाई समृद्ध बनाउनेगरि काम गर्ने स्पष्ट पारे । विकास निर्माण र पूर्वाधार विकासमा विशेष योजनाका साथ काम भैरहेको उनको भनाई छ । त्यस्तै, उनले आगामी दुई वर्षभित्र आफ्नै झण्डा र लोगो भएको पानीजहाजपनि सञ्चालनमा ल्याईने दाबी गरे । क्रस–बोर्डर रेलहरुपनि छिट्टै सञ्चालनमा ल्याईने उनले बताए ।

मन्त्री महासेठले यही वर्षको फागुनबाट विराटनगरबाट क्रसबोर्डर रेल सञ्चालनमा आउने जनाए । जयनगर–जनकपुर–बर्दिवासको ५२ किलोमिटर रेलपनि छिट्टै सञ्चालनमा आउने उनको विश्वास छ । उनले भने,‘भारत सरकारसँग भएको सम्झौतअनुसार ६० दिनभित्रै दुई वटा रेल (डेमो) रेल प्राप्त गर्छौं ।’ यो बीचमा सडक सुरक्षा, यातायात प्राधिकरणलगायतका ऐनहरु संसदमा पेश गरिएको पनि उनले सुनाए । उनले वर्तमान सरकारले कृषि क्षेत्रमा पनि उल्लेखनीय काम गरेको दाबी गरे । उनले भारत, चीन, ईजरायलसँग कृषिसम्बन्धी विशेष सम्झौता भएकोले नेपालको कृषि क्षेत्रले पनि अब फड्को मार्ने बताए ।

उनले भने,‘कृषिमा अब उत्पादन बढ्छ ।’ बाढि, पहिरो र डुवानको समस्याको सवालमा पनि सरकार बेलैमा सचेत रहेकोले पूर्वाधारको क्षेत्रमा कम क्षति भएको उनको दाबी छ । उनले भने,‘हामी सचेत थियौं, त्यही भएर दुई दिनभन्दा बढि कतैपनि सडक अर्थात यातायात आवागमन अवरुद्ध भएन् । पोखरा, हेटौंडा, ईटहरी, वीरगन्जमा बेली ब्रिज बनाएका थियौं । पोखरामा त हामीले दुई लेनको बेली ब्रिज सञ्चालनमा ल्यायौं ।’ पहिरोको कारण खुर्कोट–घुर्मी सडक खण्डमा केही समस्या भएपनि त्यहाँपनि दुई दिनभन्दा बढि सडक अवरुद्ध नभएको उनको स्पष्टोक्ति थियो ।

वर्तमान सरकारले प्रत्येक मोर्चामा सफल भएको दाबी गर्दै उनले प्रधानमन्त्री ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराअनुसार नै द्रुत गतिमा काम भैरहेको सुनाए । देशमा अब राजनीतिक एजेण्डा नै समाप्त भएकोले अब आर्थिक समृद्धिको एजेण्डामा सबै दलहरुबीच सहमति, सहकार्य र एकता हुनुपर्ने उनको जोड छ । उनले भने,‘हामी त प्रतिपक्षीलाई पनि सहमति र विश्वासमा लिएर अघि बढिरहेका छौं ।’

उनले सरकारले गरेका राम्रा कामको सबैले समर्थन र सहयोग गर्नुपर्ने बताए । तर, गलत गरे त्यसको विरोध र आलोचना गर्दा आफुहरुलाई स्विकार्य हुने उनको भनाई छ । उनले भने,‘अहिले कांग्रेससँग राजनीतिक एजेण्डा छैन । सरकारले संसदीय समितिमा छलफल गरेर ल्याएका विद्येयकहरुमा पनि कांग्रेसले विरोध गर्यो।’ उनले सरकारका राम्रा काममा प्रतिपक्षीले पनि रचनात्मक सहयोग गर्नुपर्ने धारणा राखे ।

उनले आफूहरुले देश बनाउनको लागि दश वर्ष समय मागेको सुनाए । वर्तमान सरकार जनमैत्री र विकासमैत्री रहेको उनको भनाई छ । यातायात क्षेत्रमा पनि धेरै सुधारका काम भएको उनको दाबी छ । यातायात क्षेत्रको सिण्डिकेट पूर्ण रुपमा अन्त्य भएको र अहिले संघ, संस्थाहरु कम्पनीमा आईसकेको महासेठले बताए । उनले भने,‘अहिले उहाँहरु करको दायरामा आउनुभएको छ । अब हामी यो क्षेत्रलाई सुधार गर्दै अघि बढाउँछौं ।’ उनले यात्रा, अपांग, ज्येष्ठ नागरिक, बालमैत्री बस सञ्चालन गर्न लागिएको सुनाए ।

त्यसको लागि तीन सय वटा विद्युतीय बस खरिद गर्न लागिएको र साझा यातायातलाई तीन सय करोड भुक्तानी दिईसकिएको पनि उनले जानकारी दिए । उनले सरकारले नाफामूलक रुपमा सब सञ्चालन नगर्ने स्पष्ट पारे ।
नेपालको अवस्था अहिले अत्यन्तै राम्रो भएको सुनाए । उनले भने,‘नेपालमा लगानी गर्न अहिले लाईन लागेको छ । हामी देश र जनतामा समृद्धि हाँसिल गर्नेगरि काम गरिरहेका छौं ।’