६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाकडी चाप्लुसीबाट कर्मचारीको मूल्यांकन हुने दिन गयो: मन्त्री पण्डित



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चाकडी चाप्लुसीबाट कर्मचारीको मूल्यांकन हुने दिन गएको बताएका छन्। सचिव यादव कोइरालासँग कार्य सम्पादन सम्झौता गर्दै मन्त्री पण्डितले विकास निर्माण र सेवा प्रवाहमा जनता गरेको अनुभूतिका आधारमा कर्मचारीको मूल्यांकन हुने बताए।

‘काम भने हर्ने लायक हुँदैन, उसले सयका सय नम्बर पाउँछ,’ उनले भने, ‘कागजमा सब ठिक छ तर काम भने केही भएकै हुँदैन।’

उनले अब फलानाले नम्बर काटियो भन्ने गुनासोको अत्यन्त हुने उनको दाबी छ। उनले कामको मूल्यांकनको आधारमा दण्ड र सजायको व्यवस्था हुने बताए। उनले समय सीमा भित्र तोकिएको काम पूरा गर्नुपर्ने पनि बताए।

उनले विकास निर्माणमा व्यक्तिगत विषय जोडिएमा कडा कारबाही हुने बताए। सचिव यादव कोइरालाले सुशासन, पूर्वाधार निर्माण र पालिका भवन निर्माणले यो वर्ष प्राथमिकतामा राखेको बताए। उनले सहसचिव, उपसचिव, शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिने बताए।