१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

महँगियो सुन, खस्कियो बजार



अ+ अ-

काठमाडौँ । सुन छोइनसक्ने गरी महँगिएको छ । गत साताबाट तोलाकै ७० हजार रुपैयाँ पुगेको छ । मूल्य बढेसँगै किनबेच भने ओरालो लागेको लाग्यै छ । तीजको सिजन सुरु भइसक्यो । दसैं नजिकिँदै छ तर राजधानीका सुन पसलमा पहिला जस्तो न ग्राहकको चहलपहल छ, न व्यापारीमा उत्साह । किनबेच झन्डै ८० प्रतिशतले घटेको छ ।

न्युरोडका सुन व्यवसायी रोमी शाक्यका अनुसार सुनको भाउ बढेदेखि दिनमा मुस्किलले २० प्रतिशत मात्र कारोबार हुने गरेको छ । ‘भाउ बढेपछि व्यापार खस्किएको छ,’ उनले भने, ‘तीजको सिजन सुरु भयो । दसैं पनि नजिकिँदै छ । सिजनकै सुरुवातमा व्यापारको अवस्था भने खस्कँदो छ ।’ यही भाउ केही समयसम्म स्थिररह्यो भने व्यापारमा केही सुधार हुने तर फेरि भाउ घटबढ भएमा भन्न नसकिने शाक्यले बताए ।

‘पहिला पाँच तोला लिने ग्राहक अहिले दुई तोला लिएर जान्छन्,’ उनले भने, ‘आवश्यक पर्नेहरू मात्र किनेर लान्छन् । गतवर्ष पनि यही बेला सुनको भाउ बढेर ६४ हजार रुपैयाँ तोला पुगेको थियो । अहिलेको जस्तो व्यापार शून्य नै भएको थिएन ।’ हेरिटेज गोल्ड प्यालेसका राजेश ताम्राकारले पनि अहिले व्यापार डामाडोल अवस्थामा पुगेको बताए । ‘भाउ बढेदेखि मान्छे आएका छैनन् । सुनको भाउ स्थिर रह्यो भने व्यापारमा सुधार हुन सक्ने आशा छ । घडबढ भएमा ग्राहक अन्योलमा पर्नेछन्,’ उनले भने ।

सुनको सिजन नभए पनि तीज सुरु हुन लागेकाले व्यापारमा केही सुधार हुनुपर्ने उनको बुझाइ छ । कुनै पनि वस्तुको मूल्य बढेपछि किन्ने ग्राहक अवश्यै कम हुन्छन् । ठुलै आवश्यक परेमा मात्र यस्तोमा सुन किन्न आउने गरेको ताम्राकारले बताए । धरान गहना गृहकी सुजिना महर्जन व्यापार पहिलेको भन्दा २५ प्रतिशतभन्दा घटेको बताउँछिन् ।

‘तीज पनि आउँदै छ । बिहेको पनि समय हो तर सुनको व्यापार भने छैन,’ उनले भनिन् । पास्नी वा कसैलाई उपहार दिनुपर्ने अवस्थामा मात्र सुन किन्ने ग्राहक आउने गरेको उनले बताइन् । सुन र चाँदीको व्यापारै खस्किएको छ । कतिपय ग्राहक सुनको भाउ घट्छ कि भनेर पर्खिरहेको उनले सुनाइन् ।

‘सुनको भाउ बढेपछि धेरै फरक पारेको छ । हामीले गरेको रिपोर्टमा २५ प्रतिशतभन्दा कम व्यापार भएको पाएका छौं,’ नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘अहिले सुन किन्नेभन्दा पनि बेच्ने बढेका छन् । तोलाकै ७० हजार रुपैयाँ पाउने भएकाले आफूसँग भएको गहना बेच्ने बढेका हुन् ।’

सुनको भाउ स्थिर नभएकाले यो अवस्थामा जे पनि हुन सक्ने शाक्यले बताए । ‘भाउ स्थिर भए व्यापार सुधार हुन सक्छ,’ उनले भने, ‘ग्राहकहरूपर्ख र हेर को सिद्धान्तमा छन् । सुनको भाउ घटेन भने किन्न त परिहाल्छ । त्यो अवस्थामा व्यापारले बजार लिन्छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।