१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीबाट ४५ पुलमा क्षति : मर्मतमा ४७ करोड लाग्ने



अ+ अ-

काठमाडौं । असार अन्तिम साता लगातार परेको वर्षापछि आएको बाढीले देशभर ४५ पुलमा क्षति पुगेको छ । ती पुल निर्माण गर्न ४७ करोड ३४ लाख रुपैयाँ लाग्ने सडक विभागले जनाएको छ । संघीय संसद्को विकास समितिमा आइतबार विभागले प्रस्तुत गरेको विवरणअनुसार सडक डिभिजन कार्यालय जनकपुरअन्तर्गत सबैभन्दा धेरै क्षति पुगेको छ । डिभिजन कार्यालयअन्तर्गतको भप्सी पुल बाढीले बगाएको छ । सो स्थानमा पुल निर्माण गर्न १७ करोड रुपैयाँ लाग्ने विभागको मूल्यांकन छ ।

त्यस्तै, जनकपुर डिभिजनअन्तर्गत बडहरी, बनकटी, कमला नदी र बालुवा नदी पुलमा क्षति पुगेको छ । ती सबै पुल मर्मत गर्न १२ करोड ५० लाख रुपैयाँ आवश्यक देखिएको छ । जनकपुर डिभिजनअन्तर्गत मात्र २९ करोड ५० लाख रुपैयाँ मर्मत खर्च लाग्ने देखिएको छ । यो खर्च रकम कुल क्षतिको अनुमानित रकमको ६२ प्रतिशत हो ।

क्षति न्यूनीकरणका लागि योजनाबद्ध तयारी गर्न निर्देशन
संसद्को विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका निकायलाई बाढी–पहिरोलगायतका प्राकृतिक प्रकोप न्यूनीकरण हुने गरी योजनाबद्ध तयारी गर्न निर्देशन दिएको छ । ‘हरेक वर्ष संरचनाहरूमा क्षति पुग्ने गरेको छ, अब योजना तयारी गर्दा नै यस्ता पक्षहरूलाई पनि अध्ययन गरेर न्यूनीकरण हुने गरी तयार गर्न निर्देशन दिएको छ,’ समितिकी सभापति कल्याणीकुमार खड्काले भनिन् । त्यस्तै, दशैँ, तिहार, छठजस्ता पर्वलाई लक्षित गरेर चाँडै क्षति पुगेका पुलमा मर्मत थाल्न र आवागमनलाई सुचारु गर्न समितिले निर्देशन दिएको छ ।

मध्यपहाडी र हुलाकीका ९ पुलमा क्षति
सडक विभागका अनुसार हुलाकी सडकका पुलमा सबैभन्दा धेरै क्षति पुगेको छ । हुलाकी सडकका ७ वटा र मध्यपहाडी सडकका २ पुलमा क्षति पुगेको छ । विभागका महानिर्देशक केशवकुमार शर्माले क्षति पुगेका ९सबै गरी ४५ वटा० पुलको अस्थायी मर्मत गरी यातायात सुरु गरिसकिएको जानकारी दिए । ‘संघीय सरकारअन्तर्गत क्षति पुगेका सबै पुल समयमै मर्मत गर्नेछौँ,’ उनले भनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।