![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/05/death-body.jpg)
गोरखा । गोरखा नगरपालिका–१० टक्सारस्थित मनकामना आवासीय बहिरा माविका कार्यालय सहयोगी श्यामहरी घिमिरे मृत फेला परेका छन् । विद्यालय परिसर नजिकैको कुवाडी सामुदायिक वनमा मंगलबार बिहान उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतक घिमिरेको टाउको र खुट्टामा चोट देखिएको छ । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल गोरखा ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोरखा नगरपालिका–१० नौविसेका घिमिरे करिब २० वर्षदेखि मनकामना आवासीय बहिरा माविमा कार्यरत थिए । घिमिरे पनि कान सुन्दैन्थे ।