२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कडा सुरक्षा घेरामा कश्मीरीहरूले ईद मनाए



अ+ अ-

काठमाडौं । कडा सुरक्षाबीच भारत नियन्त्रित कश्मीरमा सर्वसाधारणहरूले ईद–उल–अज्हा पर्व मनाएका छन्। सौरा क्षेत्रमा प्रदर्शनका केही घटना भएको बताइए पनि पर्व धेरै हदसम्म शान्तिपूर्ण रूपमा मनाइएको अधिकारीहरूले जनाएका छन्।

राजधानीस्थित मुख्य मस्जिदसम्म पुग्न सकिने अवस्था नरहेका कारण धेरैले स्थानीय मस्जिदमा उक्त पर्व मनाएको बीबीसीका श्रीनगरस्थित संवाददाताहरूले बताएका छन्।

गत साता विशेष अधिकार कटौती गरिएको निर्णय सुनाउनु अघि नै मुस्लिम समुदाएको बाहुल्यता रहेको उक्त क्षेत्रमा दशौँ हजारको सङ्ख्यामा सेना परिचालन गरिएको थियो।

विवादास्पद निर्णय सार्वजनिक गरिएसँगै कश्मीरमा सयौँलाई पक्राउ गरिएको छ।आन्दोलनलाई कम प्रभावकारी बनाउन राजनीतिज्ञ, अधिकारकर्मी र प्राज्ञिक व्यक्तिहरूलाई पक्राउ गरिएको छ।तर पनि त्यहाँ आन्दोलनका घटनाहरू सार्वजनिक भएका छन्।