६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कडा सुरक्षा घेरामा कश्मीरीहरूले ईद मनाए



अ+ अ-

काठमाडौं । कडा सुरक्षाबीच भारत नियन्त्रित कश्मीरमा सर्वसाधारणहरूले ईद–उल–अज्हा पर्व मनाएका छन्। सौरा क्षेत्रमा प्रदर्शनका केही घटना भएको बताइए पनि पर्व धेरै हदसम्म शान्तिपूर्ण रूपमा मनाइएको अधिकारीहरूले जनाएका छन्।

राजधानीस्थित मुख्य मस्जिदसम्म पुग्न सकिने अवस्था नरहेका कारण धेरैले स्थानीय मस्जिदमा उक्त पर्व मनाएको बीबीसीका श्रीनगरस्थित संवाददाताहरूले बताएका छन्।

गत साता विशेष अधिकार कटौती गरिएको निर्णय सुनाउनु अघि नै मुस्लिम समुदाएको बाहुल्यता रहेको उक्त क्षेत्रमा दशौँ हजारको सङ्ख्यामा सेना परिचालन गरिएको थियो।

विवादास्पद निर्णय सार्वजनिक गरिएसँगै कश्मीरमा सयौँलाई पक्राउ गरिएको छ।आन्दोलनलाई कम प्रभावकारी बनाउन राजनीतिज्ञ, अधिकारकर्मी र प्राज्ञिक व्यक्तिहरूलाई पक्राउ गरिएको छ।तर पनि त्यहाँ आन्दोलनका घटनाहरू सार्वजनिक भएका छन्।