![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/06/snake.jpg)
बुटवल । रुपन्देहीको सैनामैनामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा न.१० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगर रहेकी छिन् ।
घरको छेउमा सुकमायालाई खुट्टाको औँलामा विषालु सर्पले डसेको वडा सदस्य चन्द्र बहादुर थापाले बताए । उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका ल्याएकोमा अस्पतालले मृत भएको घोषणा गरेको थियो ।