• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

जुरासिक पार्क खेल्नबाट ईन्कार गरेकी थिईन् श्रीदेवीले



बलिउड फिल्म ईन्डस्ट्रिमा श्रीदेवी निकै चर्चाको शिखरमा पुगेकी नायिका थिईन् । ८०–९० को दशकमा उनी मात्र पहिलो नायिका थिईन जसलाई फर्स्ट लेडी सुपरस्टार भनिएको थियो । श्रीदेवी को जन्म १३ अगस्ट १९६३ मा मद्रासमा भएको थियो ।

एक समय यस्तो थियो कि उनले खेलेको फिल्महरु चर्चाको शिखर चुम्ने क्रमनै थियो । उनको फिल्मको चर्चा बलिउडमा मात्रै नभई पुरै विश्वभरि नै चर्चामा रहेको थियो । उनले गरेको अभिनयलाई सारा विश्वले मन पराउने गरेको ईतिहास कायम नै छ ।

यसै क्रममा उनलाई चर्चित हलिउड फिल्म जुरासिक पार्क बाट पनि अफर आएको थियो । तर बलिउडमा आफ्नो करियरलाई निकै फाईदाजनक कार्य भर्यरहेको र आफ्नौ कार्य व्यस्तताको कारण श्रीदेवीले उक्त फिल्ममा काम गर्नबाट फिल्मका निर्देशक स्टीवन स्पीलबर्गलाई इन्कार गरेकी थिईन् ।