२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसिनबाट सेनेटरी प्याड



अ+ अ-

भीमदत्तनगर । विद्यालयमा अध्ययनरत् छात्राहरु सहजताका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटिएम मेसिन’ जडान गरेको छ ।

बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याड जुनसुकै बेला लिन सक्ने गरी सो मेसिन जडान गरिएको बताए । नगरपालिकाले रु २६ लाख ३३ हजारमा सो मेसिन जडान गरेको हो ।

महिनावारी भएको बेला पनि छात्राहरुलाई सहज हुने भएकोले मेसिन विद्यालयमै जडान गरिएको नगरप्रमुख चन्दको भनार्इ थियो । “महिनावारी भएका बेला छात्राहरु विद्यालय नआउने र बीचमै पढाइ छाड्ने लगायतका समस्या नदेखिउन भनेर निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको हो ।” चन्दले भने, “सरकारले पनि चालू आवमा सबै सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भनेको छ ।”