१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसिनबाट सेनेटरी प्याड



अ+ अ-

भीमदत्तनगर । विद्यालयमा अध्ययनरत् छात्राहरु सहजताका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटिएम मेसिन’ जडान गरेको छ ।

बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याड जुनसुकै बेला लिन सक्ने गरी सो मेसिन जडान गरिएको बताए । नगरपालिकाले रु २६ लाख ३३ हजारमा सो मेसिन जडान गरेको हो ।

महिनावारी भएको बेला पनि छात्राहरुलाई सहज हुने भएकोले मेसिन विद्यालयमै जडान गरिएको नगरप्रमुख चन्दको भनार्इ थियो । “महिनावारी भएका बेला छात्राहरु विद्यालय नआउने र बीचमै पढाइ छाड्ने लगायतका समस्या नदेखिउन भनेर निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको हो ।” चन्दले भने, “सरकारले पनि चालू आवमा सबै सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भनेको छ ।”