६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ५ का लोकसेवाका अध्यक्षले लिए शपथ



अ+ अ-

बुटवल । पाँच नम्बर प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार प्रदेश प्रमुखको कार्यालयमा एक समारोहका बीच तुल्सीपुर उच्च अदालतका मुख्यन्यायाधीश रमेश पोख्रेलले भट्टराईलाई शपथ गराएका हुन्।

मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहेको समितिको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले भट्टराईलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।