२२ असार २०८३, सोमबार
,
Latest
सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल विभाग : ओली-प्रचण्डको टाउको दुखाई



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन बसेको बैठक असफल हुँदै आएको छ।

दुई पार्टी एकीकरण गर्न सहमति जुटाउनुभएका अध्यक्षद्वयबीच स्कुल विभागको जिम्मेवारी बाँडफाँडलाई लिएर अविश्वास र आशंका समेत उत्पन्न भएको छ। नेकपाभित्र स्कुल विभागको प्रमुखको विषयलाई लिएर प्रतिष्ठाको लडाइँ बन्न पुगेको छ। अध्यक्ष ओली सचिवालय सदस्य ईश्वर पोखरेलाई स्कुल विभागको जिम्मेवारी दिनुपर्ने अडानमा हुनुहुन्छ भने प्रचण्ड सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिनुपर्ने पक्षमा अडानमा रहनुभएको छ।

अन्य विभागको प्रमुखमा ओली र प्रचण्डबीच भएको भागबण्डाअनुसार विवाद छैन्। जनवर्गीय संगठनको इन्चार्ज तोक्ने विषयमा पनि पार्टीभित्र ठूलो विवाद नरहेको बताइएको छ। तर पार्टीभित्र प्रभाव राख्ने स्कुल विभागको विवादले पनि केन्द्रदेखि स्थानीय कमिटीसम्म नै नेता कार्यकर्ता विभाजित भएका छन्। सहमति जुटाउनको लागि मंगलवार अध्यक्षद्वय ओली र प्रचण्ड र सचिवालय सदस्य रामबहादुर थापा वादलबीच त्रिपक्षीय छलफल भएको थियो। तर उक्त बैठकले पनि निकास निकाल्न सकेन।

मंगलबार नै पार्टी अध्यक्ष ओलीले पूर्व एमालेका नेताहरूलाई बालुवाटारमा बोलाएर सहमति जुटाउन छलफल गर्नुभएको थियो। तर वरिष्ठ नेता माधवकुमार नेपालले ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउन नहुने अडान लिनुभएको नेकपाका एक सचिवालय सदस्यले बताए। उनका अनुसार अध्यक्ष ओली र महासचिव विष्णु पौडेल पोखरेललाई स्कुल विभागको प्रमुख बनाउने अडानमा हुनुहुन्छ, सचिवालयको बहुमत संख्या पोखरेललाई बनाउन नहुने पक्षमा छ।

सचिवालय बैठकमा सहमति जुटन नसके स्थायी समिति बैठक बोलाएर सहमति खोज्नुपर्ने माग वरिष्ठ नेता नेपाल पक्षले अगाडि सारेको छ। नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र देखिएको समस्या छिट्टै समाधान हुने बताउनुभयो। उहाँले भन्नुभयो– ‘छलफल भइरहेको छ, अब बस्ने सचिवालय बैठकले टुंगो लगाउँछ।’, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै