६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर कपको उपाधि लिभरपुललाई



अ+ अ-

काठमाडौं । लिभरपुलले पेनाल्टी सुटआउटमा चेल्सीलाई हराउदै युइएफए सुपर कपको उपाधि जितेको छ।

टर्कीको इस्तानबुलमा भएको खेलको निर्धारित र थप समयको खेल २-२ गोलको बराबरीमा रोकिदा त्यसपछि भएको पेनाल्टी सुटआउटमा लिभरपुल ५-४ ले विजयी भयो।

पेनाल्टीमा लिभरपुलका गोलकिपर एड्रियनले चेल्सीका टमी अब्राहमको पेनाल्टीलाई विफल पारिदिएका थिए। टमी पाँचौ नम्बरमा पेनाल्टी प्रहार गर्न आएका थिए।

त्यसअघि लिभरपुलका लागि मोहमद सलाह, रोबर्टो फिर्मिनो, फाबिन्हो, ओरिगी र अलेक्जेन्डर अर्नोल्डले गोल गरेका थिए।

चेल्सीका लागि मासन माउन्ट, रोस बार्कली, जोर्गिन्हो र इर्मसनले गोल गरेका थिए।

ओलिभर जिरुडले ३६ मिनेटमा गोल गरेपछि चेल्सीले पहिले अग्रता लियो। तर साडियो मानले ४८ मिनेटमा बराबरी गोल फर्काए।

९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा मानेले ९५ मिनेटमा गोल गरेर लिभरपुललाई अग्रता दिलाए। तर १०१ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गरेपछि चेल्सीले खेल बराबरीमा ल्याएको थियो।