• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

रक्षाबन्धनमा अभिनेता अमिताबले गरे पुराना तस्बिर ‘सेयर’



अमिताब बच्चन एक बलिउडका महान हस्ति हुन् । उनका प्रशंसकहरुको मात्रा सायैदै कम होला । उनी ७०–८० सताब्धिका महान हस्ति हुन् । उनले आफ्नो कलाकारीताबाट दर्शकहरुको मन जित्नमा सफल कलाकार हुन् । उनी सामाजिक संञ्जालमा पनि त्यतीकै सकृय रहन्छन् ।

उनले आफ्नो हर भावनालाईू तस्बिर,स्टाटस,शुभकामना तथा कविताहरुको मातहतमा जनतामा जाहेर गर्छन् । रक्षाबंधनको अवसरमा अमिताभले ट्विटरमा अभिषेक बच्चन र श्वेता बच्चनका दुई पुराना तस्बिर साझा गरेका छन्। तस्वीरमा अभिषेक अमिताभको काखमा छन्, जबकि श्वेता स्कूटरमा बसिरहेकी छिन्।

दोस्रो तस्विरमा, अमिताभ पत्नी जया बच्चन र दुवै बच्चाहरूको साथ देखा परेका छन्। अभिषेकलाई अमिताभले र श्वेतालाई जयाले बोकेका छन् । कालो र सेतो रंगमा उनीहरुको यो तस्वीरले परिवारको सुन्दरता देखाएको छ । फोटोसँगै उनले क्याप्शन पनि दिएका छन्, ‘रक्षाबंधन, बहिनीको स्नेह, भाईको संरक्षण, यो बन्धन पवित्र, निरन्तर, निश्चल ।’