• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

अक्षय र ऋचाको फिल्म ‘सेक्शन ३७५’को टिजर रिलिज



अक्षय खन्ना र ऋचा चड्ढाको फिल्म ‘सेक्शन ३७५’ को टिजर रिलिज गरिएको छ । एक मिनेटको टिजरमा अदालत र समाजको तीतो सत्यको झलक कथाबस्तु देखाइएको छ ।

फिल्ममा ऋचालाई एक प्रकारको पब्लिक प्रोसिक्यूटर हिरल मेहताको भूमिकामा देखाइएको छ । उनि फिल्मा आफ्नो ‘क्लाइंट’को लागि लडिरहेकी छिन्। यसैबीच अक्षयले फिल्ममा आफ्नो उत्कृष्ट व्यापारीको लागि मुद्दा लड्दै गरेको देखिन्छ । उनि फिल्ममा तरुण सलुजाको भूमिका खेल्दैछन्।

फिल्ममा ऋचा र अक्षय बहस गदै गरेको देखिन्छ । फिल्ममा उनिहरुको अभिनय उत्कृष्ट देखाइएको छ । यसमा भारतीय समाजमा घटिरहेको बलत्कारको घटनालाई गम्भिरताको साथ देखाइएको छ । यो फिल्मलाई अजय बहलले निर्देशन गरेका हुन् ।

पैनोरमा स्टूडियो र टी–सीरीजको प्रस्तुती रहेको फिल्ममा भूषण कुमार, कृष्णा कुमार र अभिषेक पाठकको लगानी रहेको छ । यो फिल्म सेप्टेम्बर १३ मा रिलिज हुँदैछ।