२२ असार २०८३, सोमबार
,
Latest
नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता… सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीता र पूजनबीच प्रेम !



अ+ अ-

एक्सन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पूजन सिंहबीचको प्रेम र द्वन्द्व रहेको देखिन्छ । सोच फिल्मस् प्रोडक्सन एन्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई पूजन सिंहले निर्देशन गरेका हुन् ।

पूजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । फिल्मलाई विदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा, संवाद रहेको फिल्ममा एनबी महर्जनको द्वन्द्व, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डीजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ ।

उत्तम केसी, विशाल पहाडी, सोनिका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । ‘सोच’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ । यस फिल्म भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको छ ।




भर्खरै