• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नीता र पूजनबीच प्रेम !



एक्सन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पूजन सिंहबीचको प्रेम र द्वन्द्व रहेको देखिन्छ । सोच फिल्मस् प्रोडक्सन एन्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई पूजन सिंहले निर्देशन गरेका हुन् ।

पूजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । फिल्मलाई विदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा, संवाद रहेको फिल्ममा एनबी महर्जनको द्वन्द्व, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डीजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ ।

उत्तम केसी, विशाल पहाडी, सोनिका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । ‘सोच’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ । यस फिल्म भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको छ ।