२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ किलो गाँजासहित ३ जना पक्राउ



अ+ अ-

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

दिलबहादुरको घरबाट आठ किलो, नरबहादुरको घरबाट तीन किलो र कुँवरको घरबाट एक किलो गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । तीनै जनाले पाँचथरबाट गाँजा खरीद गरेर ल्याउने र झापाका विभिन्न स्थानमा बिक्री गर्ने गरेको खुलेको छ ।




भर्खरै