५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ किलो गाँजासहित ३ जना पक्राउ



अ+ अ-

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

दिलबहादुरको घरबाट आठ किलो, नरबहादुरको घरबाट तीन किलो र कुँवरको घरबाट एक किलो गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । तीनै जनाले पाँचथरबाट गाँजा खरीद गरेर ल्याउने र झापाका विभिन्न स्थानमा बिक्री गर्ने गरेको खुलेको छ ।