२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको समर्थकलाई भेडाको संज्ञा दिएपछि नायिका मानान्धरको आलोचना



अ+ अ-

काठमाडौं । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्युलाई लिएर चर्चित नायिका करिश्मा मानन्धरले पनि आफ्नो धारणा व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले रवी समर्थकहरुलाई भेडाको संज्ञा दिएकी छिन् ।

उनको यो स्टाटस पछि उनी निकै विवादमा परेकी छिन् । शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा अहिले पत्रकार लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अहिले हिरासतमा राखिएका छन् । तर रवि लामिछानेका समर्थकहरुले भने लामिछाने पक्राउ परेपछि निकै आक्रामक भएर प्रस्तुत भईरहेका छन् ।

यस विषयमा मानन्धरले भिडले कसैलाई न्याय दिन नसक्ने भएको हुँदा यसमा दबाब दिन खोज्नु गलत भएको धारणा व्यक्त गरेकी हुन् । उनी नेपाली फिल्मी जगतमा निकै नाम कमाएकी नायीका हुन् ।