४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

उपत्यकामा भ्यागुताको खोजी

उपत्यकामा भ्यागुताको खोजी
अ+ अ-

काठमाडौँ । भ्यागुता प्रजातिको पहिचान, अध्ययन र संरक्षणका लागि ‘नागरिक वैज्ञानिक’ अभियान सुरु गरिएको छ । भ्यागुताको अनुसन्धान, संरक्षण, संवर्द्धन र जनचेतना फैलाउन वातावरण संरक्षण तथा अध्ययन केन्द्र (इन्प्रोक्स) उभयचर तथा सरीसृपका साथीहरू (क्यारोन), वन्यजन्तु संरक्षण संघ (डब्लूसीएन) नेपाल, गोल्डेन गेट कलेजलगायत संस्थाले ‘क्रोकिङ मनसुन २०१९ : भ्यागुता तथा पोखरी खोजका लागि नागरिक अभियान’ सुरु गरेका हुन् । वैज्ञानिक अनुसन्धानमा योगदान गर्ने सर्वसाधारणलाई नागरिक वैज्ञानिक भनिन्छ । अभियानअन्तर्गत पहिलो चरणमा सर्वसाधारणबाट उपत्यकामा पाइने भ्यागुताको प्रजातिबारे जानकारी र बासस्थानको तथ्यांक लिइने इन्प्रोक्सका सचिव एवं वैज्ञानिक चन्द्रमणि अर्यालले जानकारी दिए ।

दोस्रो चरणमा ताल तथा पोखरीमा रहेका भ्यागुता पहिचान गरी तस्बिर लिइनेछ । सम्बन्धित विज्ञहरूले तस्बिरका आधारमा भ्यागुताका प्रजाति पहिचान गर्नेछन् । ‘यस वर्ष भ्यागुतासम्बन्धी जनचेतना फैलाउने, अनुसन्धान गर्ने, प्रजाति पहिचान गर्नेजस्ता कार्य गर्छौं,’ अर्यालले भने ।

बढदो सहरीकरण, प्रदूषण र पानीका स्र्रोत सुक्न थालेपछि काठमाडौंमा पाइने भ्यागुता समस्यामा परेको हुन सक्ने भएकाले अभियान सञ्चालन गर्न लागिएको डब्लूसीएनकी निर्देशक एवं वातावरणविद् सञ्जीवनी योञ्जनले बताइन् । अभियान मनसुनभर चल्नेछ । भ्यागुता तथा काठमाडौंका पोखरीसम्बन्धी रुचि राख्ने सबैले अभियानमा भाग लिन सक्नेछन् ।

भ्यागुताजस्ता उभयचर जीवको संख्या घट्दा मानिसको दैनिक जीवनमा असर पर्नुका साथै लामखुट्टेलगायत कीरा बढ्न सक्ने भएकाले पनि भ्यागुताको अनुसन्धान तथा संरक्षण आवश्यक रहेको जैविक विविधता विज्ञ एवं साउथ चाइना एग्रिकल्चरल युनिभर्सिटीका विद्यावारिधि शोधार्थी दीपक खड्काले बताए । उनका अनुसार भ्यागुताले लामखुट्टेलगायत कीरा खाइदिएर मानव तथा बालीमा लाग्ने रोग नियन्त्रण गर्न महत्त्वपूर्ण योगदान गर्छन् ।

काठमाडौंमा कति छन् भ्यागुता ?
नेपालमा ५६ प्रजातिका उभयचर (जमिन र पानी दुवैमा बस्ने जीव) पाइएका छन् । एम्फिबिया वेभका अनुसार नेपालमा ५३ प्रजातिका भ्यागुता छन् । काठमाडौं उपत्यकामा सन् २०१३ मा गरिएको अनुसन्धानमा ८ र सन् २०१८ मा १० प्रजातिका भ्यागुता भेटिएका थिए ।

अभियानबाट फरक विवरण आउने अपेक्षा लिइएको अभियानका संयोजक एवं क्यारोनका उभयचर तथा सरीसृप अध्येता प्रकाशचन्द्र अर्यालले बताए । ‘प्रदूषित सहर काठमाडौंमा मात्रै १० प्रजातिका भ्यागुता रहेको अभिलेख हुनाले नेपालमा भ्यागुताको प्रजाति ५३ भन्दा बढी हुन सक्छ,’ उनले भने ।

सन् २००४ यता विश्वमा प्रत्येक वर्ष कम्तीमा सयवटा नयाँ प्रजाति पत्ता लाग्ने गरेको छ । पृथ्वीमा ८ हजार ७२ प्रजातिका उभयचर पाइएका छन्, जसमध्ये ७ हजार १ सय २२ प्रजातिका भ्यागुता छन् । खानाका लागि पाहा प्रजातिको भ्यागुताको सिकार, कक्षा ११ मा प्रयोगात्मक अभ्यासमा प्रयोग, भूउपयोगमा आएको परिवर्तन, पानी प्रदूषणजस्ता अन्य मानवीय क्रियाकलापले भ्यागुताका प्रजाति संकटमा पर्दै गएका छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।