४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

‘कहिल्यै निको नहुने घाउ’

‘कहिल्यै निको नहुने घाउ’
अ+ अ-

काठमाडौं । एघार वर्षअघि पूर्वी तटबन्ध भत्काएर बस्तीमा पसेको सप्तकोसी नदीले फेरि कुनै पनि बेला बिनाशलिला मच्याउन सक्ने त्रासमा छिन् कोसी गाउँपालिका ३ कि ६० वर्षीया तिलेश्वरी यादव। हरेक वर्ष बर्खा लागेपछि नदीहरूमा पानीको बहाव बढ्नु स्वाभाविकै हो तर सप्तकोसी नदीमा पानी बढ्नासाथ उनी चिन्तित हुन्छिन्।

उनी कोसीमा पानीको बहाब बढ्नासाथ कामना गर्छिन, ‘स्थिति नबिग्रीयोस्, कोसी नदीले ज्यान नलैजाओस्।’ ११ वर्षअघि पूर्वी तटबन्ध भत्काएर कोसी नदी बस्तीमा पसेर मच्याएको बिनाशलिला सम्झँदा आङ् नै सिरिंग हुने बताउँछिन् उनी। भन्छिन, ‘डर त लागिरहन्छ। तर अन्यत्र जाने उपाय केही छैन, जेसुकै होस् भनेर यहीं बस्नुपरेको छ।’ अरु कुनै उपाय नहुँदा कोसीले ज्यानै लगे पनि लगोस् भनेर यहीं ठाउँमा बस्नुपरेको उनले बताइन्। उनको घर कोसीको पूर्वी तटबन्धभन्दा तीन सय मिटरको दुरीमा छ।

‘कोसी नदीबाट ढुक्क हुन सकिने अवस्था छैन,’ कोसी गाउँपालिका ३ मा बस्ने नुरसा खातुनले भनिन्। उनले ११ वर्षअघि कोसीले गरेको बिनाशको क्षतिपूर्ति अहिलेसम्म नपाएको बताउँछिन्। ‘म कोसीपीडित भए पनि अहिलेसम्म केही पाएकी छैन्,’ कोसीकै कारण सुकुमबासी बनेको सुनाउँदै उनले भनिन, ‘अब क्षतिपूर्ति पाइन्छ कि पाइँदैन होला। ’ कोसी गाउँपालिका ३ कै हरजरथ अनसारीले ११ वर्षअघि दिउँसोको समयमा कोसीले पूर्वी तटबन्ध भत्काएकाले स्थानीयको ज्यान बचेको सम्झँदै भने,

‘त्यतिबेला आफ्नै परिवारका सदस्यलाई सम्हालेर एकै थलोमा बस्नसक्ने अवस्था पनि थिएन। धन्न १ कसैलाई केही भएन।’ अनसारीकै परिवारका सदस्य धेरै दिनसम्म छिन्नभिन्न भएका थिए। ‘सप्तकोसी पीडितका माग पूरा गरी दीर्घकालीन योजना बनाएर सरकार अघि बढ्नुपर्छ,’ सियाराम यादवले भने। उनले सरकारले कोसीपीडितलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने माग गरे। कतिपय टाढाबाठाले भने कोसीपीडितको नाममा फाइदा लिए पनि वास्तकिक पीडितले उचित क्षतिपूर्ति नपाएको उनले बताए। उनले भने, ‘सालिन्दा वर्षा लागेर पानी पर्नासाथ हामी कोसीको आसपास बस्नेलाई गास, बास र कपासको भन्दा ज्यानको सुरक्षाले बढी पिरोल्छ। हाम्रा लागि कोसीको पीडा कहिल्यै निको नहुने घाउजस्तै भएको छ।’

सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउँदा पीडित भएका सबै परिवारले घोषित क्षतिपूर्ति रकम पाएका छैनन्। ‘कतिपयले जग्गाको वर्गीकरण अनुसारको क्षतिपूर्ति, घर पुनर्निर्माणका लागि काठ र ५० हजार रुपैयाँ पाएका छनु,’ उनले भने। उनका अनुसार कोसीको बालुवाले पुरेको उर्वर जमिन अहिले पनि मरुभूमिजस्तै छ।

सरकारले कोसीको बाढीपीडितलाई ‘प्याकेजमा’ एक अर्ब ६० करोड रुपैयाँबराबरको क्षतिपूर्ति दिने निर्णय गरेको थियो। प्याकेजअन्तर्गत अझै रकम पाउन बाँकी रहेको पीडितले बताएका छन्।

२०६५ भदौ २ गते सप्तकोसी नदी पूर्वी तटबन्ध भत्काएर अहिलेको कोसी गाउँपालिकामा पर्ने साबिकका हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही गाविसमा पसेको थियो। कोसीको उर्लंदो भेल बस्तीमा पसेपछि ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए। सप्तकोसीले तटबन्ध भत्काँएर धार परिवर्तन गरेकोे थियो। नदीको बदलेको धार तीन महिनाको निरन्तर प्रयासपछि पुरानै अवस्थामा फर्काइएको थियो। कोसी नदीले पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध बनेपछि यात्रुले डुंगामा जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो।

२०२२ सालयता अहिलेको बराहक्षेत्र नगरपालिकामा पर्ने साबिकका वराहक्षेत्र, प्रकाशपुर र महेन्द्रनगरमा आठ हजार ६ सय बिघा उर्बरभूमि कोसीले कटान गरेको तथ्यांक छ। कोसीपीडित पुराना र नयाँ सबैले क्षतिपूर्तिको पर्खाइमा छन्। क्षतिपूर्ति र मुआब्जा माग गर्दै आन्दोलित कोसीपीडित अहिले धर्नामा बसेका छन्।, समाचार नागरिक दैनिकमा प्रकाशत छ ।