१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीपाइलेको उच्च जोखिममा काठमाडौं



अ+ अ-

काठमाडौं । सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिए पनि संघीय राजधानी काठमाडौं नै सो रोगको उच्च जोखिममा रहेको सरकारी अध्ययनले देखाएको छ । काठमाडौं हात्तीपाइलेको जोखिममा रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत १२ जेठदेखि १५ असारसम्म काठमाडौं उपत्यकाभित्रका केही विद्यालयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सर्वेक्षण गरिएको थियो ।

सो क्रममा काठमाडौंका १६, भक्तपुरका तीन र ललितपुर महानगरपालिकाभित्रका पाँच जना विद्यार्थीमा हात्तीपाइलेको संक्रमण देखिएको थियो । केही निजी विद्यालयले शरीरमा हात्तीपाइले रोगको परजीवीको अंश छ या छैन भनेर गरिने परीक्षण गराउन इन्कार गरेका थिए । सरकारले गत वर्ष १५ जिल्लाका ७८ लाख ४९ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने लक्ष्य लिएको थियो । सो रोगको जोखिममा रहेका जिल्लामा पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर छन् ।

चिकित्सकका अनुसार हात्तीपाइले रोग शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ र यो रोग पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षण देखिन सुरु हुन्छ र लक्षण देखिसकेपछि निको पार्न सकिँदैन ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आमऔषधि सेवन कार्यक्रमबाटै हात्तीपाइले रोगबाट बच्ने प्रभावकारी उपाय रहेको बताए ।
हात्तीपाइले रोग निवारण कार्यक्रममा सरकारले चालू आर्थिक वर्षमा २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०७५/७६ मा २० करोड ६० लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको थियो । सो बजेट अधिकांश स्थानीय तहमा जाने महाशाखाले जनाएको छ ।

यस्तै, सो रकम हात्तीपाइले रोगको संक्रमणका कारण अण्डकोष सुनिएका पुरुषको शल्यक्रिया, १५ जिल्लामा आमऔषधि सेवन कार्यक्रम, बिरामी व्यवस्थापन, अपांगता रोकथामलगायत शीर्षकमा खर्च गरिने महाशाखाका राष्ट्रिय हात्तीपाइले रोग निवारणका कार्यक्रम अधिकृत प्रदीप रिमालले बताए ।

यो रोग लागेका व्यक्तिले यसविरुद्धका औषधि वर्षमा एकपटक गरी ६ वर्षसम्म सेवन गर्नुपर्ने भनाइ चिकित्सकको छ । चिकित्सकका अनुसार दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीले हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्नुहुँदैन ।,समाचार राजधानी दैनिकमा प्रकाशित छ ।




भर्खरै