५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गुका बिरामी फेला



अ+ अ-

बेझाड । पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महीनामा मात्रै दुई बिरामी फेला परेका हुन् । गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । डेङ्गुको सङ्क्रमण देखिएपछि दुवै जनाको उपचार भइरहेको छ ।

यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । घर वरिपरि खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै ढाक्ने गरी कपडा लगाए डेङ्गुबाट बच्न सकिने सूचना अधिकारी ज्ञवाली बताउछन् ।

अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नेलगायत डेङ्गु रोगका लक्षण हुन् । शरीरमा भएको रगतको मात्रा ‘प्लेटेड’ नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ । विशेष गरी गर्मी याममा देखापर्ने डेङ्गुका रोगी भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।