१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

मलेसियाली पूर्वप्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित

मलेसियाली पूर्वप्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित
अ अ+ अ-

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई एक साताका लागि स्थगित गरेको छ । भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाई सोमबार गर्ने तय भएको थियो ।

अहिलेसम्म उच्च अदालतले पक्ष विपक्षका वकीलहरुको राय सुनिसकेको छ । यसक्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले समय आवश्यक भएको भन्दै अदालतले सुनुवाई स्थगन गरेको हो । उच्च अदालतले सो सुनुवाई अब यही अगष्ट २६ का लागि तोकेको छ । प्रधानमन्त्री रजाकमाथिको यो अभियोग मलेसियाको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोग रहेको बताइएको छ ।

उनीमाथि आफू सत्तामा रहेका बेला १–विकास–कोषको करिब २ अर्ब ६ करोड मलेसियाली रिंगिट ९६२ करोड अमेरिकी डलर० बराबरको रकम भ्रष्टाचार गरेको आरोप छ । त्यस आरोपमा गत वर्षदेखि नै अनुसन्धान सुरु भएको छ । सर्वोच्च अदालतमा विचाराधीन सो मुद्दाको अबको सुनुवाई अन्तिम हुने अनुमान गरिएको छ ।

उनीमाथि भ्रष्टाचारका चार अलग अलग अभियोग दर्ता गरिएको छ । तर पूर्व प्रधानमन्त्री रजाकले भने आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ती अभियोगहरु अस्वीकार गर्दै आएका छन् । उनका श्रीमती र छोरामाथि पनि मुद्रा अपचलनको अभियोग लगाइएको छ । उनीहरुले पनि भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका छन् । तर उनीहरुमाथिको भ्रष्टाचारको अभियोग भने अलग्गै हो ।