२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयुष्मानको ‘ड्रिम गल’: फरक भुमिकामा प्रस्तुत



अ+ अ-

बलिउड नायक आयुष्मान खुराना अहिले निकै चर्चामा रहेका छन् कारण उनको चलचित्र ‘ड्रिम गर्ल’ । उनको यो चलचित्र निकै फरक भुमीकामा निर्माण भएको उनी बताउछन् । उनले भने,‘जब म चलचित्रको स्क्रिप्ट सुनिरहेको थिएँ, त्यो बेला म निकै हाँसिरहेको थिएँ । चलचित्रको विषयबस्तु नै फरक र मैले गर्नुपर्ने भूमिका पनि सोही अनुसारको भएकाले म हाँसिरहेको थिएँ ।’

आयुष्मानले यस किसिमको भूमिका आजसम्म बलिउड चलचित्रमा नभएको पनि दाबी गरेका छन् । उनले भने,‘यस्तो भूमिका कोही पनि मुलधारका नायकहरुले गरेका छैनन् । उनीहरुले नचाहेर नगरेका हुन् या किन, मलाई थाहा छैनँ । तर, मलाई यो क्यारेक्टर फरक भएकै कारण काम गर्ने इच्छा पलाएको हो ।’

राज शान्दिल्याको निर्देशनमा तयार भएको यो चलचित्रमा नुश्रात भर्चा, अन्नु कपुर लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई शोभा कपुर र एकता कपुरले निर्माण गरेका हुन् ।