• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद्

आयुष्मानको ‘ड्रिम गल’: फरक भुमिकामा प्रस्तुत



बलिउड नायक आयुष्मान खुराना अहिले निकै चर्चामा रहेका छन् कारण उनको चलचित्र ‘ड्रिम गर्ल’ । उनको यो चलचित्र निकै फरक भुमीकामा निर्माण भएको उनी बताउछन् । उनले भने,‘जब म चलचित्रको स्क्रिप्ट सुनिरहेको थिएँ, त्यो बेला म निकै हाँसिरहेको थिएँ । चलचित्रको विषयबस्तु नै फरक र मैले गर्नुपर्ने भूमिका पनि सोही अनुसारको भएकाले म हाँसिरहेको थिएँ ।’

आयुष्मानले यस किसिमको भूमिका आजसम्म बलिउड चलचित्रमा नभएको पनि दाबी गरेका छन् । उनले भने,‘यस्तो भूमिका कोही पनि मुलधारका नायकहरुले गरेका छैनन् । उनीहरुले नचाहेर नगरेका हुन् या किन, मलाई थाहा छैनँ । तर, मलाई यो क्यारेक्टर फरक भएकै कारण काम गर्ने इच्छा पलाएको हो ।’

राज शान्दिल्याको निर्देशनमा तयार भएको यो चलचित्रमा नुश्रात भर्चा, अन्नु कपुर लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई शोभा कपुर र एकता कपुरले निर्माण गरेका हुन् ।