१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

शङ्ख, घण्टी किन बजाउने ?

शङ्ख, घण्टी किन बजाउने ?
अ अ+ अ-

संस्कृतिलाई नबुझ्दा, संस्कृतभाषा नजान्दा, संस्कारलाई नमान्दा वैदिक ज्ञान र विज्ञान रुढीवादी, जातिवादीजस्ता बन्न पुगेका छन् । पूजापाठभित्रको ज्ञान, भान्साघरको विज्ञान र समाजमा रहेको व्यावहारिक दर्शन ओझेलमा परेका छन् । आफ्नै ज्ञानविज्ञानको सागरमा नडुबेर पाश्चात्य मरुभूमिको तातोबालुवामा चिप्लेटी खेल्न पुगेका छन् । स्वगृहे पायसं त्यक्त्वा भिक्षामटति दुर्मतिः अर्थात्, आफ्नो घरमा पाकेको खीरलाई छोडेर पराईको घरमा भिक्षा माग्न जाने प्रवृत्तिले  हाम्रा ज्ञान भिल्लका देशमा मिल्किएको मणि हुन पुग्यो ।

पश्चिमाहरूले वेदको अध्ययन, तीर्थस्थलको अनुसन्धान, शस्त्रास्त्रहरूको खोजलाई युगानुकूल उपयोग गरेकाले विकाशमा फड्को मारे, वैभव बोकेर उकालो चढे, सबैका अगुवा हुन पुगे । अझैँ केही पाइन्छ कि भनेर तीर्थजल, योग, यज्ञ, तुलसी, पीपल, मन्त्र, तन्त्र, शालग्राम आदिको अनुसन्धान एवं विश्लेषणमा समय, सम्पत्ति र जीवन खर्चिएका छन् । तीमध्ये उनीहरूको खोज र प्रयोगमा परेको छ– शङ्खको ध्वनि र घण्टीको नाद । 

पाश्चात्यहरूले शङ्खको आवाजले भाइरसलाई भगाउने, हानिकारक व्याक्टेरिया मार्ने, वातावरण शुद्ध हुने पुष्टि गरेका छन् । पूजापाठमा बजाउनमात्र होइन शङ्खथेरापीलाई हामीले सदुपयोग गर्न सक्नुपर्छ । शङ्ख राखेको पानी, ध्वनि, यसको लेप, दर्शन आदिका माध्यमबाट धेरै लाभ प्राप्त गर्नेतर्फ हाम्रो ध्यान गएकै छैन । शङ्खध्वनिले पारिवारिक शङ्का, सामाजिक सङ्कट र राष्ट्रिय समस्यालाई हटाउने हुँदा ऋषिमुनिहरूले दैनिक बजाएका हुन् ।

शङ्खध्वनिले मनलाई शान्त, बुद्धिलाई तीक्ष्ण बनाउँदै समय र परिस्थितिको ज्ञान गराउँछ । बिहान सधैँ शङ्ख बजाउनाले शरीरमा कम्पन भई टाउको दुख्ने समस्या रहँदैन, नशाहरू सक्रिय भई रक्तसञ्चारमा सकरात्मक प्रभाव पार्छ । महाभारतलाई अध्ययन गर्दा युद्ध प्रारम्भमा, दुई महारथी आमुनेसामुन्ने हुँदा, ठूलो शत्रु मारिँदा, युद्धको समाप्तिमा फरक फरक आवाजमा शङ्ख बजाइएको अनुमान गर्न सकिन्छ । अहिले पनि मृत्यु र पूजाको समयमा बजाइने शङ्खको ध्वनि फरक हुन्छ । 

यस्तु शङ्खध्वनिं कुर्यात्पूजाकाले विशेषतः ।
विमुक्तः सर्वपापेन विष्णुना सह मोदते ।।

अर्थात् ‘“जसले पूजाको समयमा शङ्ख बजाउँछ, उसलाई सबै पापबाट मुक्ति मिल्छ र विष्णुको साथ आनन्दसँग बस्दछ ।” शङ्ख बजाउनेबित्तिकै पाप नाश हुने होइन । पाप भनेको  शारीरिक र मानसिक रुपमा उत्पन्न हुने नकरात्मक तत्व हो जसलाई शंखध्वनिले जन्मन दिँदैन । शङ्खलाई हरेक जाति, लिङ्ग, सम्प्रदाय र भूगोलका मानिसहरूले बजाउने अधिकार छ । त्रिपुरा दहनका क्रममा महादेवका सेनाले शंख फुकेका थिए । महाभारतयुद्धपूर्व द्रौपदीले शङ्ख बजाएकी थिइन् । रक्तबीज, शुम्भ, निशुम्भलगायतका राक्षसहरूसँग युद्ध गर्दा दुर्गाले शङ्ख बजाएकी चर्चा दुर्गासप्तशतीमा उल्लेख छ ।

देवासुरसङ्ग्राममा देवता र राक्षस दुबैले शङ्ख बजाएका थिए । राम र रावणको युद्धमा वानर, भालु, देवता, राक्षस आदिले शङ्खध्वनि गुन्जाएका थिए । यसकारण शङ्खलाई यज्ञदेखि युद्धसम्म, देवस्थलदेखि  मशानघाटसम्म बजाइन्छ । शङ्खको ध्वनिले राक्षस र पिचाशको नाश गर्दछ, दैवी शक्तिलाई बढाउँछ । शङ्खले रोग र अज्ञानलाई नष्ट गर्दै अलक्ष्मी(गरिबी आदि)लाई हटाएर पापबाट बचाउँछ । समुद्रलाई सम्पूर्ण रत्नको भण्डार मानिन्छ । समुद्रबाट लक्ष्मीको उत्पत्ति भयो, अमृत प्राप्त भयो, भगवान् विष्णुको पाञ्चजन्य शङ्ख यहीँबाट उत्पन्न भएको थियो । हाम्रा विभिन्न देवीदेवताले हातमा शंख लिएको र कतिले शङ्खकै माला लगाएको पाइन्छ । 

त्वं पुरासागरोत्पन्नो विष्णुना विधृतः करे ।
नमितः सर्वदेवैश्च पाञ्चजन्य नमोस्तु ते ।।

अर्थात् “विष्णुले लिनुभएको पाञ्चजन्य शङ्ख समुद्रबाट उत्पन्न भएको थियो, जसलाई सबै देवताले नमस्कार गर्दछन् ।” शंखासुर राक्षसले वेदलाई चोरेर समुद्रमा लुक्यो । विष्णुले शंखासुरलाई मारेर कान र शिरको भागबाट शंख बनाइदिनुभयो अनि वेद पनि ल्याउनुभयो । शंखलाई कानमा लगाए सुन्दा आवाज आइरहेको हुन्छ, जसलाई समुद्रको ध्वनि पनि भन्ने गरिन्छ । विष्णुले शङ्ख बजाएर संसारलाई पाल्नुभएको छ ।

शङ्खलाई वायु, अन्तरिक्ष, बिजुली, ज्योतिर्मण्डलमाथि स्वर्गबाट उत्पत्ति भएको मानिन्छ । शङ्खको उत्पत्ति सबैभन्दा पहिले स्वर्ग र त्यसपछि समुद्रमा भएको वर्णन छ । महादेव, विष्णु, ब्रम्हा, लक्ष्मी, पार्वतीले मात्र होइन द्वापरयुगमा कृष्णले पाञ्चजन्य, अर्जुनले देवदत्त, भीमसेनले पौण्ड्र, युधिष्ठिरले अनन्तविजय, नकुलले सुघोष, सहदेवले मणिपुष्पकलगायतका शङ्ख फुकेर महाभारतयुद्धको उद्घोष गरेका थिए । नेपालको इतिहास हेर्ने हो भने गोपाल, महिषपाल, किरात, लिच्छवि, मल्ल आदि कालका युद्धहरूमा शङ्ख बजाएर शत्रुको सातो उडाउने काम भएको छ । ‘बिहानै मन्दिरमा शङ्ख बजाएर देवतालाई उठाइन्छ भन्ने किंवदन्ती छ । देवीदेवतालाई निद्रा, भोक, आलस्यले छुँदैन त्यसैले यो प्रतीकात्मक वर्णनमात्र हो ।
शङ्खं चन्द्रार्कदैवत्यं वरुणं चाधिदैवतम् । 
पृष्ठे प्रजापतिं विद्यादग्रे गङ्का सरस्वती ।।
त्रैलोक्ये यानि तीर्थानि वासुदेवस्य चाज्ञया । 
शङ्खे तिष्ठन्ति विपे्रन्द्र तस्माच्छङ्खं प्रपूजयेत् ।।

अर्थात्, “चन्द्र र सूर्य इष्टदेव भएका, वरुण अनुग्राहक देवता भएका, पछिल्लो भागमा ब्रम्हाजी भएका, अगाडि गङ्गा, सरस्वती रहेको शङ्खको स्वरूप जानेर पूजा गर्नु ।” आयुर्वेदले पानीमा शङ्ख राखेर पिउँदा अनेकौँ रोग निको हुने बताउँछ । शङ्खेकिराको बाहिरी आवरणका रूपमा पाइने शङ्खको प्रयोजन एवं विधालाई ध्यानमा राखेर विभिन्न धातु र पदार्थबाट बनाइन्छ । मन्त्र, तन्त्र, मिश्रित धार्मिक अनुष्ठानमा शंख फुकिन्छ ।

शङ्खलाई कता फर्काएर वा फर्किएर, कुन ध्वनि निकाली बजाउँदा के लाभ प्राप्त हुन्छ अनुसन्धानकै गर्भमा छ । नेपालमा खुल्ला अर्थव्यवस्था र उदारीकरणको नाजायज फाइदा उठाउँदै खगौतो, एकमुखेरुद्राक्ष, गौलोचन, नागमणि, दाहिनेशङ्खजस्ता दुर्लभ सामग्रीहरू दलालका हातमा पुगे र द्रव्यपिचासहरूले आहारा बनाए । दाहिनेशङ्खलाई मन्दिर, घर र तीर्थस्थलमा राखी विष्णुस्वरूपमा पूजिन्छ । औँलामा शङ्खको चिì हुनुलाई हस्तरेखाविद्हरूले शुभ लक्षण मान्दछन् । जुन हातमा शङ्ख छ, त्यसले लिएको पैसा स्थायी हुन्छ, व्यवसाय फष्टाउँछ, कुलक्षणको बास हुँदैन । नियमित रूपमा घरमा शङ्ख फुके रात्रिमा छल्दैन, ऐठन हुँदैन, भूतप्रेत आउँदैन, ग्रहहरू अनुकूल हुन्छन्, मानसिक र बहिरारोगी ठीक हुन्छन् । शङ्खको ध्वनि, पानी र दर्शनबाट अनेकौँ रोग निको बनाउन सक्ने विधिहरु हामीले भुलिसक्यौँ । 

घण्टी देवकार्यमा प्रयोग हुने वाद्ययन्त्र हो । शंखलाई सामान्यतः शिवपूजामा बजाइँदैन घण्टी पितृकार्यबाहेक सर्वत्र प्रचलनमा छ । काँस, फलामबाट घण्टी बनाइन्छ । घण्टीको शिरमा गरुड, चक्र, हनूमान्, नाग आदि राखिन्छ । नेपालमा घण्टीलाई समयको सूचकका रुपमा पनि लिइन्थ्यो । मल्लराजाहरुले आफ्नो राज्यमा घण्टी बजाएर समयको जानकारी दिन्थे भन्ने तथ्यलाई हनूमान्ढोका अगाडिको घण्टीले पनि बुझाउँछ । जहाँ घण्टी झुण्डिएको देखिन्छ त्यो कि त देवस्थल, कि त तीर्थस्थल भन्ने बुझिन्छ । अफ्रिकामहादेशमा घण्टी बजाएर विषालु कीराले टोकेको निको पारिन्छ । घण्टीले नाद निकाल्छ यसैले मन्त्र र तन्त्रजन्य कार्यमा उपयोग गरिन्छ ।

आगमार्थं तु देवानां गमनार्थं च राक्षसाम् ।
कुरु घण्टे  वरं नादं देवतास्थानसंनिधौ ।। 

अर्थात्, “देवताहरूको आगमन एवं राक्षस, भूत प्रेत भगाउनका लागि हे घण्टी ¤ देवस्थाननजिकमा राम्रो ध्वनि प्रदान गर ।” नौ प्रकारका नादमध्ये घण्टीबाट उत्पन्न हुने घण्टानाद एक हो । नादको अर्थ ब्रम्ह हुन्छ । देवीदेवताहरूको स्वागतार्थ घण्टी बजाइन्छ । साधकहरूले घण्टीको ध्वनिमा ध्यान एकाकार गरी ब्रéचिन्तन गर्दछन् । लामो समयसम्म आवाज आइरहने घण्टीलाई गुणस्तरको मानिन्छ । देवीदेवताको पूजामा अन्य वाद्यवादन भएन भने पनि घण्टी बजाइन्छ । घण्टीलाई दाहिने हातले पूजा गर्नुपर्छ तर देब्रे हातले बजाउनुपर्छ । मन्दिरमा देवीदेवताको सम्मुख हुने गरी घण्टी राख्नुपर्छ ।

देवीदेवतालाई कपडा पहिराउँदा, चन्दन–अक्षता–धुपदीप अर्पण गर्दा घण्टी बजाउनुपर्छ । घण्टीको सम्बन्ध ध्यान, कला र संस्कृतिसँग जोडिएकोछ । नेपालमा घण्टेशैलीका मन्दिर अत्यधिक छन् । मन्दिरको छाना वा गजुर घण्टीजस्तो छ भने त्यसलाई घण्टेशैलीको मन्दिर भनिन्छ । घण्टीमा हुने लेखलाई घण्टेलेख भनिन्छ, जसले इतिहासलाई संरक्षण गरेको छ । घण्टीले घर वा मन्दिरको वास्तुदोषलाई समेत रोकथाम गर्दछ । मूर्तिबाट दैवीशक्ति प्राप्त गर्न एवं घण्टीको आवाजमा ब्रéचिन्तन गर्न सजिलो होस् भन्ने उद्देश्यले देवस्थल र तीर्थस्थलमा घण्टी राखिन्छ । मनलाई घण्टीको ध्वनिमा एकीकृत गरे नादलाई साक्षात्कार गर्न सहज बनाउँछ । जापान, चीनलगायतका देशहरूमा सिङ्गिङबौलको आवाज सुनेर ध्यान मग्न हुन्छन् । यो पनि घण्टीकै विकसित रूप हो ।

घर वा मन्दिरको पूजामा डम्बरु बजाउने प्रचलन छ । महादेवले बजाएर डम्बरुबाट नै व्याकरणका १४ सूत्रको जन्म भयो । डम्बरुलाई दाहिनेहातले बजाउनुपर्छ । यो तान्त्रिक वाद्यवादन हो । यसको दायाँतर्फको श्यालको छाला, बायाँतर्फ बाँदरको छाला, बजाउने डोरी भेँडाको छाला र डम्बरुलाई बाँध्न बोकाको छाला प्रयोग गरिन्छ । मूर्तिपूजामा चमर, पंखा प्रयोग गरिन्छ भने त्यो वायुदेवता हो भन्ने प्रष्ट हुन्छ । पूजामा बजाइने घण्टी र डम्बरु अहिले शास्त्रीय विधानभन्दा पनि व्यक्तिको मनगढन्ते पाराबाट निर्मित भएकाले दैवी लाभ लिन सकेका छैनौँ ।

मानिसको झण्डै १० प्रतिशत दिमाग टाउकाको बायाँ र बाँकी ९० प्रतिशत दायाँतर्फ हुन्छ । शंख, घण्टी, डम्बरुको आवाजले दायाँ दिमागलाई सक्रिय बनाउँछ । वैज्ञानिकहरूका अनुसार उच्चकोटिका अनुसन्धाता र साधकहरूले समेत दश, बीस प्रतिशत दिमाग सदुपयोग गर्ने बताउँछन् । शतपथब्राम्हा, स्कन्दपुराण आदिमा यी वाद्ययन्त्रको उपयोगिता, लाभ, कथा र अन्य वर्णनहरू पाइन्छन् । शङ्ख, घण्टी र डम्बरुले धार्मिक, सांस्कृतिक इतिहासमात्र संरक्षण गरेको छैन यसले शारीरिक, सामाजिक, आर्थिक, व्यावहारिकपक्षलाई मजबूत बनाउनका साथै नेपालको पहिचान र परिचय बोकेको छ । यो विरासतलाई संरक्षण गर्नु पुर्खामाथिको न्याय, धर्मको संरक्षण, संस्कृतिको जर्गेना, कलाको संवद्र्धन, इतिहासको सुरक्षा पनि हो ।

नेपालमा द्वन्द्वका शंख बजेका छन्, भ्रष्टाचारका दमाहा बजेका छन्, विखण्डनका घण्टी बजेका छन्, विभेदका खैँजडी बजेका छन्, प्रतिशोधका डम्बरु बजेका छन् । सुन्नै नसकिने, बुझ्नै नमिल्ने, हेर्नै नहुने गतिविधिलाई रोक्न पनि शंख, घण्टी, डम्बरु बजाऊँ जसले शारीरिक, मानसिक र आर्थिक रुपमा हामीलाई प्रबल बनाउँछ ।