२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार



अ+ अ-

खार्तुम । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक ओमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खार्तुमको एक अदालतमा सुडानी अनुसन्धानकर्ताले सोमबार बसिरले लिएको उक्त रकमबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् ।

प्रहरी ब्रिगेडियर समेत रहेका अहमद अलीले भने, “पूर्व राष्ट्रपति बसिरले अनुसन्धानका क्रममा उक्त मोटो रकम लिएका स्वीकार्नुभएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।”

पूर्वराष्ट्रपतिले अनुसन्धानमा बताएअनुसार उक्त रकम ‘साउदी राजकुमार मोहम्मद विन सलमानका प्रतिनिधि’ मार्फत सुडानमा हस्तान्तरण भएको थियो ।