१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

विद्यार्थीभन्दा निरीक्षक धेरै

विद्यार्थीभन्दा निरीक्षक धेरै
अ अ+ अ-

दाङ । अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ ।

घोराहीको पद्मोदय नमूना माध्यामिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि चौघेरा, शुभप्रभात मावि, रझेना मावि, शान्तिसुधा मावि, पद्मोदय मावि र गोरखा इन्टरनेश्नल मावि गरी नौ विद्यालयमा जिल्लाभरका परीक्षार्थीको ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको हो । जसमा विद्यार्थीको निकै न्यून सहभागिता देखिएको छ । कतै विद्यार्थीको शून्य सहभागिता छ भने कतै एक दुई जनाको भरमा केन्द्र सञ्चालन गरिएको छ ।

आइतबार अङ्ग्रेजीको परीक्षा दिएका विद्यार्थीले सोमबार नेपालीको परीक्षा दिएका थिए । दोस्रो दिन नेपालीको परीक्षामा तोकिएको केन्द्रमा विद्यार्थीको न्यून सहभागिता देखियो । एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, चार सुरक्षाकर्मी, एक निरीक्षक र एक सहयोगी गरी कम्तीमा आठ जनालाई परीक्षा केन्द्रमा खटाइएको छ । कतै निरीक्षकको सङ्ख्या धेरै पनि छ । उनीहरुलाई शिक्षा विकास तथा समन्वय एकाइले छुट्टै भत्ताको व्यवस्थासहित परीक्षा केन्द्रमा खटाएको हो ।

ठूलो सङ्ख्यामा परीक्षा केन्द्रमा शिक्षक, कर्मचारी, सुरक्षाकर्मी खटाइए पनि विद्यार्थी सङ्ख्याभन्दा निरीक्षकको सङ्ख्या धेरै पाइएको छ । सोमबार चलेको नेपाली विषयको परीक्षामा घोराहीको दीपशिखा माविमा तोकिएको केन्द्रमा विद्यार्थीको शून्य सहभागिता रहेको थियो । नेपाली विद्यार्थीको केन्द्र परेको दीपशिखामा त्यही विद्यार्थी अनुपस्थिति भएपछि परीक्षा केन्द्र परीक्षा अवधिभर सुनसान देखियो ।

ग्रेड वृद्धिको परीक्षा केन्द्र तोकिएको सरस्वती माविमा पनि चार विद्यार्थीको केन्द्र परेकामा दुई अनुपस्थित भए भने दुईले मात्रै परीक्षामा सहभागिता जनाएका थिए । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ग्रेड वृद्धिका लागि गोरक्षारत्न नाथमा दुई, शान्तिसुधामा एक, गोरखामा १४, पद्मोदय माविमा ११, बाल विकासमा १५, शुभप्रभावमा चार र रझेना माविमा २४ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।

सोमबार जिल्लाभरका १३१ विद्यार्थीमध्ये ७७ विद्यार्थी नेपाली विषयको परीक्षामा सहभागी भएका थिए भने ५४ अनुपस्थित भएका थिए । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामलाल खड्काले ग्रेड वृद्धिको परीक्षामा कुनै विषयको परीक्षामा धेरै र कुनै विषयको परीक्षामा थोरै विद्यार्थी सहभागी हुनु स्वाभाविक भएको बताउनुभयो ।