२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिदाका दिनसमेत स्वास्थ्य संस्था खुला रहने



अ+ अ-

सल्यान । त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाको दिनसमेत स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य संस्था खुला राख्ने व्यवस्था गरिएको हो ।

गाउँपालिकाभित्रका चार स्वास्थ्यचौकी र दुई सामुदायिक स्वास्थ्य एकाइ खुला राखेर सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिनुभयो ।

“गाउँपालिकाभित्रका नागरिक सानो–सानो बिरामी हुँदा मेडिकल र जिल्ला बाहिर नजाउन् र सरकारी स्वास्थ्य संस्थाबाटै सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको हो, अब वर्षभरि गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्था खुला रहनेछन्”, अध्यक्ष डाँगीले भन्नुभयो ।

कर्मचारी व्यवस्थापनका लागि बिदाका दिन अतिरिक्त सुविधाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । “स्थानीय तह आफैँमा सरकार पनि हो, सरकारले जनताका आधारभूत सेवा प्रवाहमा कमी हुन दिँदैन, यहाँ सम्भव हुने उपचार यही हुन्छ, सम्भव नभए बाहिर लैजान गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो । बिदाका दिन स्वास्थ्य संस्थाबाट सेवा दिएपछि स्थानीयवासी खुशी भएका प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीले बताउनुभयो ।

“बिदाका दिन खटिने कर्मचारीलाई सुविधाको व्यवस्था गरेका छौँ, हाम्रो उद्देश्य नागरिक बिदाको दिन भनेर स्वास्थ्य सेवाबाट बञ्चित नहोऊन् भन्ने हो, यसले कर्मचारीमा समेत उत्साह थपेको छ”, उहाँले भन्नुभयो । उन्नाइस हजार जनसङ्ख्या भएको त्रिवेणीमा बिदाका दिन विद्यार्थीले बढी सेवा लिने गरेका गाउँपालिकाले जनाएको छ ।