५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओसमा पर्यटक बस दुर्घटनाग्रस्त, १३ चिनियाँ पर्यटकको मृत्यु



अ+ अ-

बैंकक । लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन् । स्थानीय एक प्रहरी अधिकारीका अनुसार उक्त बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा झरेको थियो ।

उक्त बस पर्यटकीय नगर लुआङ प्रबाङतर्फ ४० जनाभन्दा बढी पर्यटक लिएर गइरहेको थियो । प्रहरी अधिकारी झायाफोन चिताभोङले १३ जनाको मृत्यु भएको र अरु दुई जना अझै हराइरहेको जानकारी दिए । उनले ब्रेकले काम नगरेका कारण बस दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

घाइते ३१ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । लाओस, थाइल्यान्ड, कम्बोडिया र म्यान्मारमा सवारी दुर्घटना सामान्यजस्तै हुने गरेका छन् । लाओसमा पछिल्ला वर्षहरुमा पर्यटकको आवागमन बाक्लिदै गएको छ । भियतनाम टाइम्सका अनुसार सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा चिनियाँ पर्यटकको संख्या १३ प्रतिशतले वृद्धि भएको छ ।