११ आश्विन २०८१, शुक्रबार
,
Latest
राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङ्‌कङ आन्दोलन: चीनले सामाजिक सञ्जालमा भ्रम फैलाउने अभियान चलाएको ट्विटर र फेसबुकको दाबी



अ+ अ-

काठमाडौं । ट्विटरले हङ्‌कङमा राजनीतिक द्वन्द्व सिर्जना गर्न खोज्ने नौ सय ३६ खाताहरू हटाइएको बताएको छ।नौ सय ३६ ट्विटर खाताबाहेक अन्य दुई लाखजति खाता अफवाह फैलाउने उद्देश्यले खोलिएको भए पनि तिनलाई प्रयोगमा आउनुअघि नै निष्क्रिय गराइएको बताइएको छ।

चीनले सामाजिक सञ्जालबाट हङ्‌कङमा भइरहेको आन्दोलनबारे भ्रामक सूचना फैलाउने अभियान चालेको पत्ता लागेपछि ट्विटरले उक्त खाताहरु हटाएको जनाएको छ । ट्विटरका अनुसार उक्त खताहरु हङ्‌कङको राजनीतिक अवस्था र त्यसको वैधतालाई कमजोर पार्ने उद्देश्यबाट सञ्चालित भएका थिए ।

ट्विटरले आफ्नो एउटा विज्ञप्तिमा भनेको छ– ‘हाम्रो विस्तृत अनुसन्धानपछि सङ्गठित रूपमा (चीन) सरकार समर्थित काम रहेको देखिने बलिया प्रमाणहरू भेटिएका छन्।’

गत सप्ताहान्तमा चीनको सरकारी समाचार संस्था सिन्ह्वाले ट्विटरमा प्रायोजित पोस्टहरू गरेपछि ट्विटरको निकै आलोचना भएको थियो।

मुख्यभूमि चीनमा ट्विटर पहिल्यै प्रतिबन्धित भए पनि मानिसहरूले भीपीएन भनिने भिन्न इन्टरनेट मार्गको प्रयोग गर्दै त्यसलाई प्रयोग गर्छन्।

यता फेसबुकले पनि सातवटा फेसबुक पेज, तीनवटा ग्रूप र पाँचवटा खाता हटाइएको जनाएको छ।ती खाताहरूमा हङ्‌कङ आन्दोलनबारे उस्तै शैलीमा सन्देश एवं विचारहरू देखापर्थे।