१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

हात्ती प्रभावित क्षेत्रमा रबर खेती

हात्ती प्रभावित क्षेत्रमा रबर खेती
अ अ+ अ-

–सुरेन्द्र भण्डारी
सुरुङ्गा । पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन ।

जङ्गली हात्तीकै कारण झापा बुद्धशान्ति गाउँपालिकाका सीताराम बाँस्तोलाले लामो समयसम्म सिजनमा लगाएको बाली भित्र्याउन नै पाएनन् । धानको सिजनमा धान, मकैको सिजनमा मकै थन्क््याउने बेलामा हात्तीसहित अन्य जङ्गली जनावरले खाएर सखाप बनाएका कारण उनले विकल्पको बाटो रबरखेती रोजे ।

जङ्गलको नजिकै घर भएका सीतारामको खेतबारीमा लगाएको बाली वर्षेनी जङ्गली जनावर हात्ती, मृग, हरिण, बँदेलजस्ता जनावरले नष्ट गरिदिन थालेपछि बाँस्तोलाले बाली परिवर्तन गर्दै विकल्पका रुपमा रुखजन्य रबरखेती शुरु गरे । बाँस्तोलाले भने, “विगत १५ वर्षदेखि रबरखेती गर्दै आएको छु, अहिले कुनै चिन्ता छैन, रबरबाट मनग्य आम्दानी हुँदैछ ।”

बहुपयोग रुखजन्य खेतीका रुपमा रहेको रबरले विरुवा लगाएको पाँच÷छ वर्षदेखि मात्रै उत्पादन दिने उहाँले बताए । गाउँपालिकाका अगुवा कृषकका रूपमा चिनिएका बाँस्तोलाले रबरखेती गरेको ठाउँमा हात्ती तथा अन्य जङ्गली जनावर पनि खासै नआउने गरेको जानकारी दिए । रबरलाई खेतीका रूपमा अपनाउने कृषकका आ–आफ्नै प्रभाव र अनुभव छन् ।

वैदेशिक रोजगारीमा रहेका स्थानीय चन्द्र अधिकारीले पनि दुवईबाटै श्रीमतीलाई फोन गरेर आफ्नो बाँझो रहेको जमीनमा रबरखेती लगाउन सल्लाह दिए । वैदेशिक रोजगारी रहेका बेला विसं २०७० मा दुवईमा आफ्नै साथीहरुबीच झगडा हुँदा सुनेको वाक्यले उनलाई रबरखेतीतर्फ प्रेरित गर्यो ।“गए त्यही दुई बोट रबर त जान्छ नि, म खानले मर्दिनँ, गाउँमा टन्न रबर लगाएको छु”, साथी–साथी झगडा गर्दा सुनेको थिएँ”, अधिकारीले भने, “पछि उनै साथीहरुसँग सल्लाह लिएर आफ्नो पनि गाउँको बाँझो जमीनमा रबर रोप्न श्रीमतीलाई विदेशबाटै सल्लाह दिएँ, श्रीमतीले रबर रोप्न शुरु गरिन् पछि म आएर सबै जमीनमा रबर लगाएँ, अहिले मलाई कुनै चिन्ता छैन ।”

साना किसान प्राकृतिक रबर उत्पादक सङ्घ नेपालका महासचिवसमेत रहेका अधिकारीका अनुसार अलैँची र सुपारीपछि रुखजन्य वस्तुमा बढी आम्दानी दिने रबर नै हो । स्थानीय दीपेन्द्र बाँस्तोला रबर कृषकका साथै ठेकेदारको काम पनि आफैँ गर्छने् । उनले आफ्ना बारीमा लगाएको रबरका साथै स्थानीय आदर्श नमूना सामुदायिक वनको १० हेक्टर जमीनमा लगाएको रबरबाट उत्पादित काँचो चोप खरीद गरी प्रशोधन गरेर बिक्री गर्दै आएका छन् ।

प्रतिकेजी रु ५३ मा खरीद गरेको काँचो चोप प्रशोधन गरेपछि रु २१० देखि २२० सम्ममा बिक्री हुने गरेको उनको भनार्इ छ । सरकारले ध्यान दिए रबरखेतीबाट किसानले प्रशस्त आम्दानी गर्न सक्ने रबरको अनुसन्धानकर्ता तेजनाथ दाहालले बताए । उनले रबरखेतीबाट साना किसानले पनि वार्षिक न्यूनतम रु छ लाखदेखि अधिकतम रु २० लाखसम्म आम्दानी गर्न सक्ने बताए ।

झापाको पूरै जमीनमा रबरखेती लगाए पनि माग थेग्न नसक्ने दाहालको भनार्इ छ । सरकारले पछिल्लो समय झापालाई रबरजोन घोषणा गरेको छ । हाल झापाको मेचीनगर, भद्रपुर, अर्जुनधारा, कनकाई, गौरादह र दमक नगरपालिका तथा बुद्धशान्ति, घेराबारी, कचनकवल, बाह्रदशी गाउँपालिकाका केही भागमा व्यावसायिक रबरखेती शुरु गरिएको छ । यी क्षेत्रमा कतै सामूहिक रुपमा र कतै व्यक्तिगतरूपमै रबरखेतीको शुरुआत गरिएको छ ।

गोरखकाली रबर उद्योग विसं २०४१ मा स्थापना भएसँगै झापामा विसं २०४८ बाट व्यावसायिक रबरखेती शुरु गरिएको बताइन्छ । साना किसान प्राकृतिक रबर उत्पादक सङ्घ नेपालको तथ्याङ्कअनुसार अहिले झापामा २८० हेक्टर क्षेत्रफलमा रबरखेती गरिएको छ । अनुसन्धानकर्ता दाहालका अनुसार पूर्वका झापासहित इलाम र मोरङमा पनि रबरको व्यावसायिक खेती शुरु गरिएको छ ।